काठमाडौं, कार्तिक २६- लक्ष्मी बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४० करोड १९ लाख ४६ हजार खुद मुनाफा आर्जन गरेको छ ।
यो नाफा अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा ३२.६५ प्रतिशतले (९ करोड ८९ लाख रुपैयाँले) वृद्धि भएको हो । बैंकले गत वर्षको समीक्षा अवधिमा ३० करोड ३० लाख नाफा कमाएको थियो ।
बैंकको वितरण योग्य नाफा १९ करोड ९० लाख रुपैयाँ रहेको छ । बैंकले असोज मसान्त अवधीमा ८९ अर्ब निक्षेप संकलन गरेर ७८ अर्ब कर्जा लगानी गर्दा सिडी रेसियो ७७.८८ प्रतिशत कायम भएको छ । ८ अर्ब ९२ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब २४ करोड रुपैयाँ छ । स्प्रेड दर ४.३३ प्रतिशत रहेको बैंकको खराब कर्जा १.०४ प्रतिशत छ ।
लक्ष्मी बैंकको वार्षिक प्रतिसेयर आम्दानी ४.४३ रुपैयाँले बढेर १८.०२ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४५.९४ रुपैयाँ रहेको छ ।
बैंकले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरि १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
FACEBOOK COMMENTS