काठमाडौं – राष्ट्रिय अर्थतन्त्रलाई योगदान पुर्याउन अन्तरराष्ट्रिय ढुवानी सेवामा प्रवेश गर्न सरोकारवाला निकाय सहमत भएका छन् ।
नेपालले अन्तरराष्ट्रिय रूपमा गर्ने आयात÷ निर्यातमा वार्षिक २ खर्ब ७० अर्ब ढुवानी सेवामा मात्रै विदेशिने गरेको छ । सामानको ढुवानी गर्ने नेपाली कम्पनीको अभावमा यति ठूलो रकम वर्षेनि बाहिरिने गरेको हो ।
‘जोगाउनु पनि कमाउनु हो’ भन्ने मान्यतालाई आत्मसात् गर्दै ढुवानीमा बाहिरिने रकम बचतका लागि अध्ययन अघि बढाइने भएको छ ।
नेपालको बाहिरी व्यापारको ढुवानी सेवाको खर्च घटाउने सम्बन्धमा राजधानीमा मङ्गलवार आयोजित एक छलफल कार्यक्रमले सेवा सञ्चालनका लागि अध्ययन अघि बढाउने निर्णय गरेको हो । छलफलको आयोजना नेपाल ट्राञ्जिट एण्ड वेयर हाउजिङ कम्पनी लिमिटेडले गरेको हो ।
विदेशी ढुवानी मार्फत सामान आयात गर्नुपर्दा ठूलो आर्थिक नोक्सानी भइरहेको कार्यक्रममा उपस्थित प्रति व्यवसायीहरु एकमत भएका थिए ।
नेपालले कुल आयातको ६९ प्रतिशत भारतबाट, १३ प्रतिशत चीनबाट र बाँकी १८ प्रतिशत अन्य देशबाट आयात गर्दै आएको छ । भारतबाट हुनेबाहेक बाँकी ३१ प्रतिशत आयातका लागि नेपालले आप्mनै ध्वजावाहक पानीजहाज सञ्चालन गर्न सक्ने निष्कर्ष छलफलले निकालेको छ ।
यसको लागी अन्य देशका पानी जहाज लीजमा लिएर पनि नेपालीले सेवा दिन सक्ने व्यवसायी हरुको तर्क छ । ट्रान्सपोर्ट इकोनोमिष्ट सरदारले नेपालजस्तै भूपरिवेष्टित देशहरू मङ्गोलिया, युगाण्डा तथा इथियोपियालगायतले समेत शिपिङ सेवा व्यवसाय सञ्चालन गरिरहेको उदाहरण प्रस्तुत गरेका थिए ।
नेपालले देशभित्रैका नदीहरूमा पनि जहाज सञ्चालन गर्न सक्ने विषयमा पनि छलफल भएको छ ।
छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, नेपाल चेम्बर अफ कमर्श, नेपाल फ्रेट फर्वार्डर्स एशोसिएशन ९नेफा०लगायत निकायका उच्च अधिकारीहरूको उपस्थिति थियो ।
FACEBOOK COMMENTS