काठमाडाैं । उड्डयन ब्यवसायीहरुका लागी अहिले हामि दुईवटा अवस्था हेछाैँ।
उटा प्रि-कोभिड र अर्काे पोष्ट-कोभिड । कोभिड भन्दा अगाडि लगभग १२ लाख विदेशी पर्यटक नेपाल आउने गर्दथे । त्यो अवस्थाको सिनारियो सबै राम्रै थियो । त्यसबेला यहाँको होटल, ट्राभल्स, उड्डयन लगायत क्षेत्रलाई राम्रै थियो । तर, अचानक जुन कोभिड आयो त्यसपछि अहिलेसम्म पनि हामि रिकभरीको फेजमा नै छौं । हामिलाई पूर्णरुपमा रिकभरी हुनलाई अझै २ वर्षको समय लाग्छ ।
कोभिडभन्दा अगाडिको समयमको तुलनामा अहिले ५० प्रतिशतमात्र पर्यटकको आगमन भएको छ । अब हामिलाई पूर्ण रिकभरी हुनलाई १०० प्रतिशतभन्दा पनि बढी पर्यटक चाहिन्छ । बीचमा कोभिड नभएको भए १२ लाखबाट बढेर १५/१६ लाखको हाराहारिमा पर्यटक आउने अवस्था हुन्थ्यो । तर, अहिले आउने पर्यटककाे संख्या पहिला आउने १२ लाखकाे पनि ५० प्रतिशत कम छ ।
नेपालमा एअरलाइन्स, हस्पिटलिटि लगायत क्षेत्र पर्यटकमै आश्रित छ । तर, एअरलाइन्सको हकमा भने लोक्कल टुरिष्ट प्यासेन्जरले गर्दा पनि केही मात्रामा राम्रो भएको छ । तर, अन्य क्षेत्रमा भने गाह्रै अवस्था छ ।
अघिल्लो वर्षको तुलनामा अहिले बजारमा इन्धनको मूल्यपनि अत्याधिक रुपमा बढेको छ । यसले गर्दा पनि पछिल्लो समय एअरलाइन्सको भाडा महंगीएको छ । तर, एअरलाइन्सले नै बढाउनुपर्ने मूल्य चाँही बढेको छैन । नागरिक उड्डयन प्राधिकरणले तोकेको रेन्जभन्दा माथि गएर त हामिले मूल्य बढाउँन मिल्दैन । प्राधिकरणले तोकेको उच्चतम रेन्जभन्दा धेरैनै कम छ अहिले एअरलाइन्सको भाडा । जबसम्म इन्धनको मूल्य १०० रुपैयाँको हाराहारिमा आउँदैन तबसम्म नेपालमा नेपाली एअरलाइन्सहरुको अवस्था तेत्ती राम्रो हुँदैन ।
पछिल्लो समय नेपाली यात्रुहरुको पनि संख्या वृद्धि भएको छ । तर, नेपालीले तिर्ने रकम र विदेशीले तिर्ने रकम फरक-फरक हुन्छ । त्यसले गर्दा संख्यामा चाँही झण्डै-झण्डै उस्तै छ । मार्जिन चाँही ह्वात्तै घटेको छ। अनि अहिलेको मुख्य कुरो भनेकाे कस्ट एकदम बढेको छ । मर्मत शुल्क पनि ह्वात्तै बढेको छ । पार्ट-पुर्जाहरु विदेशबाट डलर तिरेर ल्याउनुपर्ने हुन्छ । त्यसमा पनि ३० प्रतिशतले लागत बढेको छ । पहिलो त ग्लोबल मार्केटमा नै त्यो कस्ट बढेको हो । आर्काे चै आएर डलरको मूल्य बढेकाले हामिले तिर्ने मूल्य पनि बढेको हो ।
सुरक्षाको हिसाबले यती एअरलाइन्स अन्य एअरलाइन्सको तुलनामा धेरैनै सुरक्षित मानिन्छ । किनभने पहिलो कुरो त यतीका जहाजहरु सहरी क्षेत्रमा मात्र उड्ने गर्दछ । जस्तो चितवन, पोखर लगायतमा । उच्च पहाडी र जोखिम रुटमा यतीले उडान भर्दैन । हामिले उडान गरेका स्टेशनहरुमा अहिलेसम्म कुनै दुर्घटना भएको छैन ।
हामिले प्राधिकारणले गर्ने अडिट त छदै छ । अन्तराष्ट्रिय रुपमा हुने अडिटपनि हामिले गराउछौं । विदेशी अडिटरहरु बोलाएर समयमा नै अडिट गर्दछौं । उहाँहरुले हामिलाई जहिले पनि एकदम राम्रो, सुरक्षित भनेर सर्टिफाइ गरिरहनु भएको छ । त्यस कारण पनि यती एअरलाइन्स सुरक्षित एअरलाइन्स हो भनेर भन्न सकिन्छ ।
जहाजका हरेक पार्टहरुको आफ्नो लाईफ हुन्छ । त्यो फाईफ सक्किएपछि एक मिनेटपनि उडाउन मिल्दैन । जुन पार्टको लाईफ सक्किएको छ हामिले त्यो पार्टलाई चेन्ज गरि हाल्नुपर्ने हुन्छ । अर्काे ल्याएर जडान गरिहाल्नुपर्ने हुन्छ । प्राय सबैजसो पार्ट्सहरु त्यसैगरी चेन्ज भएको हुनाले जहाज पुरानो भन्न मिल्दैन । पुरानो भनेको के हो भने लाईफ सक्किएको पार्ट्स हो । अब, त्यो पार्ट्स रिप्लेस गरेपछि फेरि त्यो नयाँ नै भयो । त्यसकारण जहाज आँफैमा पुरानो हुँदैन ।
पूरा अन्तर्वार्ता हेर्नुस्:
FACEBOOK COMMENTS