काठमाडौं, कार्तिक २८ – नेपाली बजारमा सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । बुधबार दुई सय रुपैंयाले बढेको सुन विहीबार प्रतितोला ६०० रुपैंयाले बढेको छ ।
बुधबार छापावाल सुन प्रतितोला ७१ हजार ४ सय रुपैंयामा कारोबार भइरहेको थियो भने विहीबार छापावाल सुन प्रतितोला ७२ हजार रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसै गरी बुधबार प्रतितोला ७१ हजार एक सय रुपैंयामा कारोबार भएको तेजावी सुनको मूल्य विहिवार ६ सय रुपैंयाले बढेर ७१ हजार ७ सय रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ।
बुधवार चाँदी पनि १० रुपैंयाले बढेको छ । बुधवार प्रतितोला ८ सय ५० रुपैंयामा कारोबार भएको चाँदी आज प्रतितोला ८ सय ६० रुपैंया पुगेको छ ।
FACEBOOK COMMENTS