काठमाडौं, मंसिर १- नेपालका लागि सुजुकीको आधिकारिक वितरक सीजी मोटोकर्पले नेपाली बजारमा एस–प्रेसो ल्याएको छ ।
आइतबार एक समारोहकाबीच कम्पनीले आफ्नो एसयुभी सेग्मेन्टको नयाँ मोडल एस–प्रेसो सार्वजनिक गरेको हो ।न्यू मोडल सार्वजनिक गर्दै कम्पनीले एस–प्रेसो नेपालमा ल्याइएको एसयुभी मोडमा अहिले सम्मकै उत्कृष्ट कार रहेको बताएको छ ।
बोल्ड अनि पावरफुल एसयूभी लुक्सले गर्दा यो योङ एसयूभी अन्य कारभन्दा भिन्न देखिन्छ । हार्टटेक्ट प्लेटफर्मको पाँचौँ पुस्तामा निर्माण भएको यो कारमा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएको छ । जसले यसको बनावटलाई अझ बलियो, सुरक्षित र कठोर बनाइदिएको छ ।
१० भन्दा बढी सुरक्षा व्यवस्था रहेको यो कार अब नेपालका सबै ३६ वटा सुजुकी रिटेल नेवटर्कमार्फत बिक्रीवितरण हुनेछ । सुजुकीले यो कारमा ‘बेस्ट इन क्लास’ फिचरहरुसमेत लोड गरेको छ ।
बीएस ६ मापदण्ड समेत पुरा गरेको एस–प्रेसोमा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएको छ । जसले गाडीको बनोट आकर्षक बनाउनुका साथै अझबलियो, सुरक्षित र कठोर बनाएको छ । १.० सीसी इन्जिन क्षेमताको एस–प्रेसोले ५ हजार ५ सय आरपिएममा अधिकत ५० किलोवाटको पावर जेनेरेट गर्दछ भने, ३ हजार ५ सयको आरपिएममा अधिकतम ९० एनएमको टर्क उत्सर्जन गर्छ ।
‘एस–प्रेसो’ को हुडमा बीएस सिक्स १.० लिटर र ३ वटा पेट्रोल सिलेन्डर इन्जिन उपलब्ध हुनेछन् । यो ५ स्पिड म्यानुयल गिएर बक्स स्ट्यान्र्डडमा हुनेछन् । ‘एस–प्रेसो’ कारका केही भेरिएन्टमा अटोमेटेड म्यानुयल ट्रान्समिसन युनिट पनि समावेश हुनेछन् ।
यो कार सोलिड सिजल ओरेन्ज, पर्ल स्टेरी ब्लु, सुपेरियर ह्वाइट, सोलिड फायर, मेटालिक ग्रेनाइट ग्रे र मेटालिक सिल्की सिल्भर रङमा पाइनेछ ।
यो कार चारवटा भेरियन्टमा पाइनेछ । जसमा स्ट्यान्डर्ड भेरियन्ट, एलएक्सआई भेरियन्ट, भीएक्सआई भेरियन्ट र भीएक्सआई प्लस भेरियन्टको मूल्य क्रमशः २२ लाख ९९ हजार, २३ लाख ९९ हजार, २४ लाख ९९ हजार र २५ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।
FACEBOOK COMMENTS