काठमाडौं, लामो समय देखि पत्रकारीता र उद्योग ब्यवसायको विकासमा तल्लिन रहदै आएका पत्रकार तथा युवा उद्यमी उज्वलजंग शाह हार्ट फेलियर हुनबाट जोगिएका छन् । समयमा नै उपचारका लागि गंगालाल हृदय अस्पताल पुगेका कारण उनी हाट फेलियर हुन जोगिएका हुन् । गंगालाल अस्पतालका बरिष्ठ मुटु रोग बिषेशज्ञ डा.अरुण मास्केले समयमा नै उपचार पाएका कारण अहिले शाह खतरा मुक्त भएको बताए । खोज पत्रकारितामा दक्खल राख्ने शाह नेपाली पत्रकारीता क्षेत्रमा नविन सिर्जना भित्र्याउने आयाम बोकेका ब्यक्तिका रुपमा परिचित छन् ।
पछिल्लो समय काठमाण्डौ मलको भ्रष्टचारको विषयमा कलम चलाउदै गर्दाको अवस्थामा गत बैशाख ३ गते उनी माथि काठमाण्डौ मल परिसरमै सांघातिक हमला भएको थियो । रड हमलाबाट घाईते बनेका शाह तीन हप्तासम्म नर्भिक अस्पतालमा उपचारका लागि बस्नु परेको थियो । ज्यानै लिने गरि भएको सो आक्रमणपछि शाह अस्वस्थ रहदै आएका छन् ।
शाहलाई आक्रमणकारीहरुले छात्ती र खुट्टामा प्रहार गरेकाले दुबै ठाउँमा दखल पुगेको थियो । जुन अहिले बल्झिएको उनको भनाई छ ।
FACEBOOK COMMENTS