काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिडी पावर कम्पनीका अध्यक्ष गुरु प्रसाद न्यौपानेलाई ७५ हजार जरिवाना र १० बर्षसम्म कुनै पनि पब्लिक कम्पनीको सन्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन नपाउने गरी कारबाही गरेको छ ।
न्यौपानेले सचूीकृत संगठित संस्थाहरुको संस्थागत सशुासन सम्बन्धी निर्देशिका विपरित धितोपत्र कारोबार गरेको भन्दै उक्त कारबाही गरेको बोर्डले जनाएको छ । बोर्डले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ (७) अनुसार ७५ हजार रुपैयाँ नगद जरिवाना समेत गरेको छ ।
FACEBOOK COMMENTS