काठमाडौं, मंसिर ४ – निर्माण व्यवसायीहरुले सार्वजानिक खरिद ऐनको आठौं संशोधनमा भएको व्यवस्था संशोधन गर्न माग गर्दै काठमाडौंमा प्रर्दशन गरेका छन् ।
निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले बुधबार राजधानीको माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्दै निर्माणमैत्री ऐन तथा नियमावली निर्माणको माग गरेका हुन् ।
सार्वजानिक खरिद नियमावली संशोधन अनुसार निर्माण कम्पनीको म्याद थप नहुँदा मुलुकभर निर्माण क्षेत्र र त्यससँग सम्बन्धित व्यवसाय धरापमा परेको भन्दै उनीहरुले म्याद थप र बैक क्रेडिट लाइन लगायत सार्वजनिक खरिद ऐनका केही बुँदाहरु संशोधन गर्नुपर्ने माग राखेका छन् ।
विरोधमा सहभागी व्यवसायीहरु माईतीघर मण्डला देखि थापाथली त्रिपुरेश्वर हुदैं युनाईटेड वल्र्ड टेड सेन्टर पुगेर भेलामा सहभागी भएका थिए ।
FACEBOOK COMMENTS