काठमाडौं, मंसिर ४- केपी शर्मा ओलीले पूरा कार्यकाल प्रधानमन्त्री बन्ने भएका छन् । दुई अध्यक्षको कार्य विभाजन गर्दै आज बसेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि ओली पूरा अवधि प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । यसअघि दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।
आज भएको नयाँ सहमतिअनुसार ओलीले अब झण्डै तीन वर्ष सरकारको नेतृत्व गर्ने छन् ।यद्यपि, दुवैको बरियता भने समान रहने छ। अब पार्टीको आन्तरिक बैठकको अध्यक्षता प्रचण्डले गर्ने छन्।
यो निणयसँगै ओली सरकारको काममा केन्द्रित हुने र प्रचण्ड पार्टीको काममा केन्द्रित हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । दुई अध्यक्षबीचको आपसी परामर्शमा पार्टी र सरकार सञ्चालन गर्ने निर्णय पनि पार्टीले गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
FACEBOOK COMMENTS