काठमाडौं । गत आर्थिक वर्षमा २०७८/७९ मा लुम्बिनी प्रदेशमा उद्योगहरुको औसत क्षमता उपयोग ५८.३७ प्रतिशत रहेको रहेको एक अध्ययनले देखाएको छ ।
नेपाल राष्ट्र बैंलके गरेको अध्ययनले अघिल्लो आवको तुलनामा उद्योगको औसत क्षमता घटेको देखाएको छ । अघिल्लो आवको सोही अवधिमा उद्योगको औषत क्षमता उपयोग ६२.९१ प्रतिशत रहेको थियो ।
चाउचाउ, कंक्रिट, ट्याबलेट, आल्मुनियम, तोरीको तेल, रोजिन, प्लाईउड, पशुदाना र मदिरा उद्योगहरुले औषतभन्दा बढी क्षमता उपयोग गरीरहेका छन् भने ड्राई सिरप, बिजुलीका तार र केवल, चामल,
सिन्थेटीक कपडा, फलामका छड र पत्ति, प्लाष्टिकका सामान र सिमेन्ट लगायतका उद्योगहरुले औषत भन्दा कम क्षमतामा सञ्चालनमा रहेका छन् ।
गत आवको अन्तिमसम्ममा ड्राइप शर्प औषधि उत्पादन १०७.५० प्रतिशतले, कागज ४८.३१ प्रतिशत, रोजिन ३८.८४ प्रतिशत, क्याप्सुल ३९.१० प्रतिशत, लिक्विड ४२.३४ प्रतिशत, अन्टिमेन्ट ४५.७७ प्रतिशत, गहुँको पिठो १८.४८ प्रतिशत, बिजुलीका तार र केबुल १८ बढेको छ ।
यस्तै चामल उत्पादन २२.०९ प्रतिशत, प्लाष्टिकका सामान १२.९८ प्रतिशत, इष्लतmभलत१८.२८ प्रतिशत, कंक्रिट ९.०३ प्रतिशत, मदिरा ५.०२ प्रतिशतले घटेको छ । गत असार मसान्तसम्म समीक्षा वर्षमा औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा गत अवधिको तुलनामा ४.४९ प्रतिशतले घटेको छ । कुल कर्जामा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश १६.८३ प्रतिशत रहेको छ ।
FACEBOOK COMMENTS