काठमाडौं । आज तनहुँ जिल्ला अदालतमा पल शाह विरुद्धको मुद्दामा सुनुवाइ हुने भएको छ । यसअघि पटक पटक पेशी तोकेर स्थगन हुँदै आएको थियो । उक्त मुद्दामा आज सुनुवाइका लागि मिति तोकिएको छ ।
शाह माथिको मुद्दाको नवलपुर अदालतको फैसला माग गरी अनुसन्धान सकेर आज सुनुवाइको मिति तोकिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले बताए ।
शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो । तर नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा भने साढे दुई वर्षको कैद सजाय तोकेको छ ।
FACEBOOK COMMENTS