काठमाडौं, ०६ मङ्सिर – नेपाल महिला चेम्बरले स्तन क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । स्तन क्यान्सरको प्रारम्भिक निरोध कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित रहेको उक्त कार्यक्रम माझ स्तन क्यान्सर बिशेषज्ञ डा यासुहिसा ९जापान०ले कार्य पत्र प्रस्तुत गरेका थिए । स्तन क्यान्सरका शल्य चिकित्सक रहेका डा। यासुहिसाले क्यान्सर लागेको पत्ता लगाउने उपायका बारेमा प्रकाश पार्दै प्रारम्भिक चरणमा रहेको क्यान्सरको पहिचान गर्न सकेको खण्डमा सामान्य शल्यक्रिया र कम खर्चमा नै उपचार गर्न सकिने बताए । साथै, प्रारम्भिक चरणमा रहेको क्यान्सर उपचार पस्चात निको हुने बताउदै नेपालमा स्तन क्यान्सरका रोगीहरु बढि हुनुमा क्यान्सरको बिषयमा ज्ञान नहुनु प्रमुख कारक रहेको उनले अौल्याए ।
कार्यक्रममा क्यान्सर रोग बिशेषज्ञ डा सि हिरोसी सिनोजी लगायतका जापानिज स्वास्थ्यकर्मीको टोली उपस्थिती रहेको थियो । सोही अवसर माझ जापानी चिकित्सकको टोलीले अत्याधुनिक प्रविधीको सहायताले महिला चेम्बर सम्बद्ध महिला ब्यवसायीहरुको स्तन परिक्षण गरेका थिए ।
सभापतिको आसनबाट बोल्दै नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले पुरुषको तुलनामा बढि जसो महिलामा स्तन क्यान्सरको जोखिम रहने गरेको प्रसङ् कोटयाउदै यसको रोकथामका निम्ती सचेतनामुलक कार्यक्रम माथि जोडदिनु पर्ने औल्याईन । साथै, अध्यक्ष श्रेष्ठले क्यान्सरका कारण अकालमा हुने मृत्युलाई रोक्नका लागि प्रारम्भिक निरोधका उपायका बारेमा जानकारी गराउने उदेश्यका साथ महिला चेम्बरले बेला बेलामा स्वास्थ शिविर तथा जनचेतनामुलक कार्यक्रमहरु आयोजना गर्दै आएको बताईन् । कार्यक्रममा नेपाल चेम्बरका जापान प्रतिनिधी दिनेश श्रेष्ठ लगायतले बोलेका थिए ।
FACEBOOK COMMENTS