काठमाडौं, मंसिर ८ सूचना प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) फेडरेशनको अध्यक्षमा नवराज कुँवर विजयी भएका छन् । शनिबार भएको क्यानको १३ औं अधिवेशनबाट नवराज कुँवर विजयी भएका हुन् । उनले आफ्नो प्रतिस्पर्धी सुनैना पाण्डेलाई पछाडि पार्दै अध्यक्षमा विजयी भएका हुन् ।
शनिबार राती साढे ९ बजे सम्पन्न मतगणनामा कुंवरले ५६.१० प्रतिशत मत हासिल गरे भने उनका प्रतिस्पर्धी पान्डेले ४३.९० प्रतिशत मत ल्याइँन ।
क्यानको निर्वाचनमा मोफसलबाट पहिलो पटक कुँवरले नेतृत्व गर्ने अवसर पाएका छन् । क्यानलाई महासंघको अवधारणामा लैजान कुँवरको योगदान रहेको थियो । कुँवरलाई मोफसल र राजधानीका सदस्यहरुले मतदान गरेका थिए ।
क्यानमहासंघको उपाध्यक्षमा रणजित कुमार पोदार, खुसल रेग्मी, रत्नतारा तुलाधर (बैद्य) र रेशम गिरि निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा नारायणबहादुर थापा चुनिए । सचिवमा राजेन्द्रप्रसाद अर्याल, रेगबहादुर भण्डारी, चिरञ्जीवी अधिकारी, शेखरनाथ दुलाल, ठाकुरकुमार श्रेष्ठ, भुपालदास श्रेष्ठ, दिपेन्द्रकुमार सिंह, जगनबहादुर गुरुङ, दलबहादुर खड्का र हर्कबहादुर सेटि विजयी भएका छन् । कोषाध्यक्षमा डा. पवनकुमार शर्मा निर्वाचित भए ।
क्यानमहासंघको साधारणसभाबाट २२ जना कार्यकारिणी सदस्य निर्वाचित भएका छन् । अरुणकुमार बंसल, उमेश रघुबंशी, गुणकेशरी प्रधान, सुमनलाल प्रधान, अमित अग्रवाल, हेमपाल श्रेष्ठ,चन्द्रविलास भुर्तेल, सुषमा शर्मा(वस्ती), नविनजोशी, भोजराज भट्ट, श्रीधर मरासिनी, बुद्धरत्न मानन्धर, प्रताप सापकोटा, रेभा राज भण्डारी, सर्मिला भुजेल, सरिता सिंह, भुपेन्द्र मैनाली, भानुभक्त शर्मा, कृष्णप्रसाद पौडेल, ध्रुवराज शर्मा, भीम मल्ल, खेमराज ढुंगाना कार्यकारिणी सदस्यमा विजयी भएका हुन् ।
क्यानको केन्द्रिय समितिको ४२ सदस्य मध्ये कुँवर समुहका १४ जना नै निर्विरोध निर्वाचित भएका छन् ।
FACEBOOK COMMENTS