काठमाडौं, मंसिर ८ – एनसेल प्राइभेट लिमिटेडले नेपालगञ्जको पुष्पलाल चोक– २ मा गएको बिहीबार नयाँ एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ ।
एनसेलका प्रमुख प्रविधि अधिकृत अदिल इस्रारले बिहीबार एक कार्यक्रम माझ एनसेल सेन्टरको उद्घाटन गरेका हुन् ।
सञ्चालनमा आएको यो सेन्टरको प्रारुप कम्पनीको नयाँ ब्राण्ड बाचा ‘आज, भोलि, सधैँ सँगै’ अनुरुप रहेको र ग्राहकलाई एकै ठाउँबाट सम्पूर्ण ग्राहक सेवा प्रदान गर्न सक्षम रहेको एनसेलले जनाएको छ ।
एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारीलगायत विभिन्न कर्पोरेट सेवासमेत लिन सक्छन् ।
त्यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सीयूजी नम्बरहरु र विज प्लानहरु बदल्न, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्न, बिल तिर्ने, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्नलगायतका अन्य सम्पूर्ण ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।
आइतबार देखि शनिबार हप्ताको सातै दिन बिहान ९ बजे देखि ५ बजे सम्म यस सेन्टरले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ । एनसेलले देशका विभिन्न भागमा ३० वटा एनसेल सेन्टरहरु संचालन गर्दै आएको छ ।
FACEBOOK COMMENTS