जमुना भण्डारी
काठमाडौं, मंसिर ९ – नेपाली सडकमा साना ठूला गरी करिब ३५ लाख सवारी साधन हुइँकिने गर्दछन् । जसमा सबैभन्दा बढी बाइक तथा स्कुटर रहेका छन भने दोस्रोमा साना गाडी कार, जीप र भ्यान रहेका छन् ।
यातायात व्यवस्था विभागको तथ्यांकअनुसार आर्थिक बर्ष २०७५/ ७६ सम्म मुलुकभर ३५ लाख ३९ हजार ५ सय १९ सवारी साधन दर्ता भएका छन । ती मध्ये सबैभन्दा बढी वाग्मती अन्चलमा दर्ता भएको छ ।
बाग्मती अञ्चलमा मात्र १० लाख बढी साना ठूला सवारी साधन दर्ता भएका छन् । दर्ता गरिएका मध्य सबै भन्दा बढी मोटरसाइकल रहेका छन् । बागमती अञ्चलमा २५ लाख ३० हजार मोटरसाइकल दर्ता भएका छन् । दोस्रोमा कार-जीप-भ्यान दर्ता भएको तथ्याकंले देखाउँछ । कार-जीप-भ्यान २ लाख ३७ हजार ६ सय दर्ता भएका छन् । तेस्रोमा क्रेन-डोजर-एस्काभेटर-ट्रक ९० हजार दर्ता भएका छन् । त्यसै गरी पिकअप ५६ हजार, ठूला बस ४९ हजार, मिनी वस-मिनी ट्रक साढे २५ हजार अघिल्लो बर्षसम्म दर्ता भएका छन् ।
त्यसै गरी उपत्यकामा चल्ने माइक्रोको संख्या ७ हजार ६ सय पुगेको छ । साथै माइक्रोटेम्पो ४५ हजार ६ सय दर्ता गरिएका छन् । त्यसै गरी अन्य सवारी साधन ७ हजार ६ सय दर्ता भएको विभागले जनाएको छ ।
काठमाडौं उपत्यकामा मात्र ३५ लाख बढी सवारी साधन नाघेपछि ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । छोटो दुरी पार गर्न पनि घण्टौं जाममा बस्नु पर्ने हाम्रो दैनिकि जस्तै बनिसकेको छ । काठमाडौंका मुख्य सडकमा कार्यालय समयमा उचित ट्राफिक व्यवस्थापन नहुदाँ सवारीको लामो लाइन देख्न सक्छौं । सबै मूल सडकका चोकमा ट्राफिक बत्ती नहुनु र सीमित ट्राफिक प्रहरीबाट काठमाडौं महानगरको ट्राफिक व्यवस्थापन गर्नुपर्ने भएकाले जामको समस्या हुने गरेको ट्राफिक प्रहरी बताउँछन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार वाग्मती अञ्चलमा दर्ता भएका सवारी साधनमध्ये ९७ प्रतिशत निजी सवारी साधन मात्र रहेका छन् । बाग्मतीमा दर्ता भएका गाडीमध्ये पनि ९० प्रतिशत काठमाडौं उपत्यकामा गुड्दा ट्राफिक व्यवस्थापन थप चुनौतीपूर्ण हुने गरेको महाशाखाले जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्ला समयमा अत्याधिक रुपमा निजी सवारी भित्रिएको र देशका ७७ वटै जिल्लाबाट गाडी काठमाडौंमा आउने र बाहिर दर्ता भएका सवारीसाधन समेत काठमाडौंमै चल्ने हुँदा ट्राफिक व्यवस्थापन थप जटिल बन्ने गरेको छ ।
काठमाडौं उपत्यकामा मात्र दैनिक करिव १० लाख सवारी साधन गुड्ने गरेका छन् । तर सोही अनुपातमा ट्राफिक प्रहरीको व्यवस्थापन गर्न नसकेको महाशाखा बताउँछ । महाशाखाले ट्राफिक व्यवस्थापनमा गर्न उपत्यकाको ट्राफिक प्ररविधियुक्त नगरेसम्म प्रभावकारी हुन नसक्ने बताउँछ ।
यसका साथै फुटपाथ, सडकका खाल्डाखुल्डी, पार्किङको अभाव र पोल व्यवस्थापन हुन नसक्दा ट्राफिक व्यवस्थापन हम्मेहम्मे परेको छ । जनतामा ट्राफिक सम्बन्धि ज्ञान नहुनु र भएकाले पनि अटेर गरी आकाशे पुलको प्रयोग नगर्नुले पनि दुर्घटना बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा पनि समस्या थपेको छ ।
यसको उचित व्यवस्थापनको लागि सरकारले पनि निजी तथा साना सवारी साधनको प्रयोगलाई निरुत्साहित गर्ने गरी निती तथा योजना ल्याउनु जरुरी छ । ठूला तथा सार्वजनिक सवारी साधन प्रयोग तर्फ जनतालाई उत्साहि बनाउने योजना ल्याउन सकेमा ट्राफिक व्यवस्थापनका साथै वातावरण संरक्षणमा पनि योगदान पुग्ने थियो ।
FACEBOOK COMMENTS