काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
लगानीकर्ताले आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिने छ । कम्पनीले माघ १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । ३४ करोड रुपैयाँको ३४ लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।
जसमा १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई २ लाख ४० हजार कित्ता सेयर निष्काशन गरेको छ ।
कम्पनीले १ लाख २० हजार कित्ता सामुहिक लगानी कोष र ४८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको छ । बाँकी
रहेको १९ लाख ९२ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ । आवेदन कर्ताले न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछन् ।
लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS