अन्जनराज न्यौपाने
तनहुँ ११ मंसिर तनहुँ जिल्लाको प्रवेश द्वार मानिने आँबुखैरेनी देखि कोत्रे सम्मको पृथ्वीराजमार्ग अन्तरगत ७२ किलोमिटर सडक खण्डमा एउटा पनि शौचालय ब्यवस्थित नहुदाँ राजमार्गमा सवार पैदल यात्रु र सवारीसाधनमा ओहोरदोहोर गर्ने आन्तरिक एब्म् बाहिय पर्यटक खुला स्थानमा दिसापिसाब गर्न बाध्य भएका छन्। पृथ्वीराजमार्गको आँबुखैरेनी बजारमा रहेको दक्षिण पट्टीको सार्वजनिक शौचालय सरसफाइ नहुदाँ शौचालय प्रयोगगर्न गएका यात्रु शौचालय देख्ने वित्तिकै भागा भाग गर्ने गरेको पाईएको छ।
लामो समय देखि दैनिक शौचालय सरसफार्इ नभएपछि दुर्गन्धित भएको उक्त शौचालयमा जानै नसकिने अवस्थामा रहेको छ। सो शौचालय सरसफार्इ गर्ने एउटा पनि कर्मचारी नभएपछि शौचालय लामो समय सम्म जाम भएको स्थानीय आँबुखैरेनी गाँउपालिकाका (६३ बर्षीय ढलकबहादुर अधिकारीले बताए । सवारी साधन रोकेको मौकामा सार्वजनिक शौचालय लेखेको देखेपछि शौचालय प्रयोगका लागि गएका यात्रु शौचालय नपुग्दै वाक्वाक् गर्दै परैवाट फर्कन्छन्। दिसापिसाबको ढुङ्गुर देखेर खुट्टा टेक्नै नसक्ने अवस्थामा सो शौचालय रहेको छ । यसमा गाँउपालिकाले वैकल्पिक ब्यबस्था गर्नुपर्ने जरुरी छु अधिकारीले भने।
यसैगरी जिल्लाको वन्दिपुर गाँउपालिकामा पर्ने डुम्रे बजार सार्वजनिक शौचालय निर्माणको पर्खाइमा लामो समय देखि बसेको छ। सरोकारवाला निकाय यस विषयमा मौन देखिएको छ। सार्वजनिक शौचालय एउटा पनि नभएको भन्दै डुम्रे बजारका स्थानीयहरु पटकपटक आन्दोलनमा उत्रिए पनि सरोकारवाला निकाय बन्दिपुर गाँउपालिका भने मौनरहेको स्थानीय सीता अधिकारी बताईन्। उनी भन्छिन् शौचालय अभावका कारण भारत मुलबाट नेपाल भ्रमणमा आएका पर्यटकहरु घर अगाडि नै खुला रुपले सडक पेटी र खोला किनारमा दिसापिसाब गरिदिने गरेको कारण अतिनै समस्या भएको बताईन्।
पृथ्वीराजमार्ग अन्तरगत आँबुखैरेनी देखि कोत्रे सम्मको ४ लेनको वाटो निर्माण प्रक्रियाका कारण बजारको भौतिक संरचना र सडक निर्माण मापदण्डको टुङ्गो नलागिन्जेलसम्म शौचालय निर्माणमा ढिलाइ भएको हो अब भने ४ लेनको बाटो निर्माणसगै छिटोभन्दा छिटो अपांग असहाय मैत्री सहितको सार्वजनिक शौचालय निर्माण निकट भविष्यमा गरिने डुम्रे निवसी तनहुँ उघोग बाणिज्य संघ अध्यक्ष मानकाजी श्रेष्ठले बताए।
यसैगरी पृथ्वीराजमार्ग अन्तरगतको घाँसीकुवा ,मुसेखोला,कमलवारी,छिर्कने,नाहाला लगायतका स्थानहरूमा पनि शौचालय नहुदाँ पर्यटकहरु खुला स्थानमा दिसापिसाब गर्न बाध्य भएका छन्। खुल्ला स्थानमा दिसापिसाब गर्दा यात्रु र सवारीसाधन चलकहरु आँखा छोपेर हिड्न वाध्य भएका छन्।
जिल्लाको सदरमुकाम दमौलीमा ब्यास नगरपालिकाको कम्पाउण्ड भित्र एउटा शौचालय बनाईएको छ त्यहि पनि जिर्ण अवस्थामा रहेको छ। कतिपय स्थानीयवासीलाई त्यस स्थानमा शौचालय छ भनेर थाहा छैन । कारण, साईन बोड नटाँसिनु नै मुख्य हो। सदरमुकाममा एउटा पनि सार्वजनिक शौचालय नहुनु दुखद् विषय बनेको छ। शौचालय नदेखेपछि विदेशी पर्यटकहरु मादी नदीको पुल र राजमार्गको भतेरी आसपासका क्षेत्रहरुमा दिसापिसाब गर्ने गर्दा सडक पेटीमा हिड्नेहरु दिसापिसाब कुचिन्छुकि भनेर जोगिएर हिड्न बिवस देखिएका छन्।
ब्यासनगरपालिकाका कुचीकार विष्णु बहादुर कुमाल भन्छन् सडक आसपासका किनारहरुमा दिसापिसाब सरसफाइ गर्दागर्दै जागिरे जीवन नै सकिन लाग्यो तर शौचालय निर्माण हुन भने अझैसम्म पनि सकेन उनले मुखछोपेर हाँस्दै भने नयाँ मान्छेलाई त हिड्नै लाजमर्दो छ पर्यटक खुल्ला रुपमै दिसापिसाब गर्छन कुनि के भन्ने उखान झै लाई भन्दा देख्नेलाई लाज भने जस्तै हामीलाई धेरै सकस छ कुमालले भने , प्रति जग्गा भएको कारण नदी आसपासका भूभागमा नदिको बगर भएका कारण दैनिक सयैको संख्यामा दिसापिसाब गर्नैको लाईन लाग्ने गरेको छ उनले भने।
सन् २०३० सम्ममा संयुक्त राष्ट्रसंघको दिगो लक्ष्य अन्तर्गत खुल्ला दिशा मुक्त नेपाल राष्ट्रको अबधारणा अनुरुप बसपार्क तथा पार्किङ स्थलहरु, शुद्ध पिउने पानीको ब्यबस्था, अपांग र असहाय मैत्री सफा शौचालय निर्माण र सार्वजनिक स्थानहरुमा शौचालय निर्माण नहुदाँ सार्वजनिक सवारीसाधनमा सवार स्वदेशी तथा विदेशीपर्यटक,चालक सहचालक प्रत्येक्ष प्रभावित भएका छन्। यस्तै, म्याग्दे गाँउपालिकामा पनि राजमार्ग आसपासका स्थानहरुमा शौचालय निर्माण भएका छैनन् । शुक्लागण्डकी नगरपालिकको दुलेगौंडामा एउटा अतिनै जिर्ण सार्वजनिक स्थानमा संचालित शौचालय ब्यबस्थित र सुरक्षित भने छैन सडक मापदण्डका कारण भत्किने अवस्थामा रहेको छ।
FACEBOOK COMMENTS