काठमाण्डौँ – सेञ्चुरी कमर्सियल बैंकले गण्डकी प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ ।
प्रदेश कार्यालयको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री किरण गुरुङ र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले संयुक्त रूपमा गरे ।
प्रदेश कार्यालयसँगै बैंकले गण्डकी प्रदेशअन्तर्गत ८ वटा शाखा कार्यालयहरू एकैसाथ सञ्चालनमा ल्याएको छ ।
बैंकले बगर, बिरौटा, तालचोक, दुलेगौँडा, भिमाड, कुस्मा, बाग्लुङ र बेनीमा शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको हो ।
८ वटै शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेको बैंकले जनाएको छ ।
शाखा कार्यालयहरूको उद्घाटनपश्चात् बैंकले काठमाडौं उपत्यकामा १२ शाखा र ६ एक्सटेन्सन काउन्टर र उपत्यकाबाहिर ९१ शाखाहरू र २ एक्सटेन्सन काउन्टर साथै १० शाखारहित बैंकिङ गरी जम्मा १ सय २१ स्थानबाट बैंकिङ सेवा दिइरहेको जनाएको छ ।
– नयाँ पत्रिका
FACEBOOK COMMENTS