अन्जनराज न्यौपाने
तनहुँ, १२गते मंसिर -जिल्ला कारागार दमौलीमा क्षमता भन्दा बढी कैदीबन्दी हुदाँ थुनुवा पाल हाँलेर रात गुजार्न बाध्य भएका छन।कुल ६ रोपनी १४ आना २ पैसा १ दाम कारागारको क्षेत्रफल रहेको छ। भवन अतिनै पुरानो भएका कारण जाडोमा घामै देख्न नपाउने र पानी पर्दा जिर्ण भएको कारण चिरिएका ग्राह्रोबाट पानी चुहिन्छ । जिर्ण भएर खैलागेको टिनबाट आकाशबाट पानी चुहिदाँ वर्षातमा कैदि वन्दिहरु छाता र पलास्टिक ओडेर रात काट्न बाध्य रहदै आएका थिए ।
जम्मा ३५ जना कैदीबन्दीको क्षमता भएको उक्त कारागारमा १ सय ४९जना कैदीबन्दीहरु राखिदाँ थुनुवालाई ब्यबस्थापन गर्न अतिनै समस्या भएको छ । कारागारमा जीर्ण अवस्थाका भवन रहेका कारण सुरक्षा गार्डले पनि असुरक्षा महशुश गर्दै छन्। क्षमता भन्दा झण्डै पाँच गुना कैदी बन्दीहरुलाई कच्ची कोठाहरुमा थुनामा राख्न गार्हो भएको छ भने दैनिक २ जना देखि ५ जना सम्म थुनुवा थपिदाँ झनै समस्या भएको जिल्ला कारागारका जेलर विजयराज पौडेलले बताए । उनका अनुसार ,पुरुष कैदी बन्दीहरुको मात्रै कारागार भएको कारागारमा थुनुवालाइ सिधा खर्च दैनिक ६० रुपैयाँ आउँछ। जाडोको समयमा एक सेट कपडा दिने गरिएको छ। २५ देखि ६८ उमेर समुहका विभिन्न अपराधमा सजाय भोगेका अपराधीहरुमा फौजदारी अभियोगमा ,जवर्जस्ती करणीमा-४९ जना ,हत्यामा-३०, ठगी ,जालसाजी ,किर्ते ,चेलीबेटी बेचविखन-३,लागूऔषध ओसारपसार-२१ ,अपहरण-१,बहु-विबाह-२, अपहरण -१ साधारण चोरी -६, सवारीसाधन -१३, नकवनी चोरी -४ जना रहेका छन् । एउटै कोठामा थुनेर राख्दा२४ जना थुनुवा विरामी परेका छन्।
थुनुवाहरुलाई स्वास्थ्य चेकजाँच गर्न कुनै दिवस वा पर्व आउनु पर्ने देखिन्छ । कुनै धार्मिक संघ ,संस्थाहरुले कारागारमा स्वास्थ्यकर्मीसँगै लिएर थुनुवाहरुको रगत,खकार,रक्तचाप ,सुगर ,आँखा ,चेकजाँचलगाएतका सामान्य उपचार गरिने गरेको कारागारका कैदी बन्दी सुकबहादुर कुमालले बताए ।कारागार ब्यबस्थापनका लागि पटक,पटक सरोकारवाला निकायमा ताकेता गर्दा पनि पक्की भवनका लागि सुनुवार्इ हुन सकेको भने देखिदैन । ‘भवन सानो छ र दिन प्रतिदिन जीर्ण भएको छ ।पानी पर्दा चुहिने र झरीपर्दा पानीको कुलेसो काटेर बाडी तर्काउनु पर्नै स्थिति छ भने चर्को घामलाग्दा कोठाको छाना होचो टिनको छाना भएको कारण घामको राफले पोलेर बस्नै नसकिने अवस्था रहेको छ । भवन निकै पुरानो भएको हुदाँ कतिखेर पुर्छ कि भन्ने डर छ’ कैदीबन्दी राजन पन्तले वताए ।
पन्त भन्छन् सरकारले कारागारलाई सुधारगृह घोषणा गरे पनि सुधार हुन भने नसकेको गुनासो गरे।सबै भन्दा समस्या शौचालय जादा खेरि पालो कुर्नु पर्ने झन्झट छ भने , विहान खाना खादा कोचिएर लाईनमा बस्नुपर्ने बाध्यता छ ।ठाँउको अभाव काकारण सुत्न पालो गर्नुपर्ने अवस्था भएको कैदी बन्दीहरु बताँउछन्। आफन्तजनलाई पैसा तिरेर लेण्डलाईनको फोन गर्न पाईने सुविधा छ, त्यही पनि पालोको लागि लाईनमा बस्नु पर्छ कैदि बन्दी सुकबहादुर कुमाल बताउछन्। उनी भन्छन् ‘धेरै कैदी एकै ठाँउमा धेरे समय बस्नुपर्दा कैदीबन्दीमा विभिन्न किसिमका सरुवा रोगहरुका कारण स्वस्थ व्यक्तिमा पनि समस्या देखिने गरेको र एउटै मानिस पटक पटक विरामी पर्ने गरेको देखिन्छ ।’ ‘बेलाबेलामा जिल्ला अस्पताल दमौलीबाट रगत ,सुगर ,प्रेसर र निशुल्क स्वास्थ्य जाँच हुने गरेको छ भने दिनहुँ विभिन्न अपराधमा कैदीबन्दी थपिने क्रम बढेपछि शौचालय जाँदा, स्वास्थ्य उपचार गराउँदा र सुत्ने वेलामा निकै सकस भएको छ’ उनले भने।
जिल्ला कारागारले भने कैदी बन्दीले बुन्दै आएको मुढा,बाँसका कुर्ची, टोपा , मुरली,झोला, पेटी, पर्स जस्ता सामान बेलामा नविक्दा सामान थुप्रिने भएको कारण हिडडुल गर्न र सुत्नमा केही ठाउँ लिने भएको हुदाँ समस्या भएको जनाएको छ भने ठाउँ साँधुरो र कैदीबन्दीको दिन प्रतिदिन बढदै गएपछि चापका कारण सरसफार्इमा पनि केही समस्या आएको जनाएको छ ।
ब्यबस्थापन मिलाउन र नयाँ भवन निर्माण गर्न कैदीद्वारा बनाईएका सामाग्रीहरुको स्टोर रुमका लागि सम्बन्धित सरोकारवाला निकायमा पहल गरिएको कारागार तनहुँले जनाएको छ।
FACEBOOK COMMENTS