काठमाडौँ । हिमालयन बैंक र सिभिल बैंक मर्ज भई फागुन १२ गतेदेखि एकीकृत कारोबार हुने भएको छ ।
आगामी ५ अर्थात शुक्रबारदेखि ‘हिमालयन बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार हुने भएको हो । प्राप्ति पश्चात् बैंकको रजिष्टर्ड कार्यालय हाल हिमालयन बैंकको रजिष्टर्ड कार्यालय रहेको स्थान कमलादीमा रहने जनाइएको छ ।
हिमालयन बैंकका सम्पूर्ण शाखा कार्यालयहरु सिस्टम अपग्रेसन तथा डेटा माईग्रेसनका लागि फागुन ८ गते सन्ध्याकालिन काउन्टर सेवा, १० गते बुधबार र १५ गते बिहीबा बन्द रहने बैंकले बताएको छ ।
सिभिल बैंकका सम्पूर्ण शाखा कार्यालयहरु ८ गते सोमबारदेखि ११ गते बिहीबारसम्म बन्द रहने छन् । सिभिल बैंक लिमिटेडका शाखा कार्यालयहरु आइतबार सुचारु रहनेछन् ।
सो समयमा हिमालयन बैंकबाट जारी भएको एटीएम कार्डहरु (डेबिट, क्रेडिट तथा प्रिपेड)मार्फत हुने कारोबारहरु सुचारु रहनेछन् ।
सिभिल बैंकबाट जारी भएको एटीएम कार्डहरु (डेबिट, क्रेडिट तथा प्रिपेड) मार्फत हुने कारोबारका साथै दुवै बैंकका मोबाईल बैकिङ एप र इन्टरनेट बैकिङ सेवा उक्त अवधिमा बन्द रहने भएको छ ।
एकिकृत कारोबार पश्चात सिभिल बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन हुने भएकाले आफ्नो नजिकको शाखामा गई नयाँ खाता नम्बर लिन सक्नेछन् ।
FACEBOOK COMMENTS