(रमेश सिलवाल -राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव हुनुहुन्छ । नेपालमा हाल दक्षिण एसियाली खेल महाकुम्भको १३ औं संस्करण ( साग गेम मंसिर १५ बाट औपचारिक रुपमा शुभारम्भ हुँदैछ । साग गेमलाई सफल पार्न सरकारको तर्फबाट राष्ट्रिय खेलकुद परिषदले ब्यवस्थापकिय भूमिका निर्वाह गर्दै आएको छ । साथै, परिषदका सदस्य सचिव रमेश सिलवालको कार्य ब्यस्तता पनि चुलिदो छ । यस माझमा उहाँको ब्यस्ततालाई चिर्दै उहासँग साग गेमको तयारी, नेपालको खेल जगतको स्थिति आदीका विषयमा कर्पोरेटखवरका उज्जवल जंग शाह र सरोज ओझाले गरेको कुराकानी :)
सार्कको तयारी अन्तिम अवस्थामा मात्र पुरा भयो , यसमा कसको कमजोरी देख्नुहुन्छ ?
-हामी योजना बनाउँनमा कमजोर छौं भने त्यस योजनालाई लागु गर्ने पक्षमा त झनै कमजोर छौं । हामी २०१६ मा नेपालमा सार्क खेल आयोजना गछौं भनेर प्रतिबद्धता जनायौं तर तीन बर्षको अवधि हुदाँ पनि अन्तिम समयमा हतार हतार गरी रंगशाला तयार गर्यौ । यसबाट के प्रष्ट हुन्छ भने हामी कुनै पनि काम योजना बनाएर गर्दैनौं । यसले हाम्रो राष्ट्रकै इमेज माथि नराम्रो प्रभाव पार्छ र यस्तो प्रवृत्तिलाई अन्त्य गर्न जरुरी छ ।
निजी क्षेत्रको व्यवस्थापन र सरकारी क्षेत्रको व्यवस्थापनमा रंगशाला निर्माण हुदाँको अन्तर के देख्नुभयो ?
-पक्कै पनि निजी र सरकारी काम गराईमा ठूलो भिन्नता रहेको पाइयो । सरकारी कर्मचारीले जागिरको निम्ति जागिर खाने प्रवृति तथा कानुनी नियममा भएका बाधाहरुले गर्दा रंगशाला निर्माणको काम समयमा नै सम्पन्न हुन सकेको थिएन् भने निजि क्षेत्रले यसको व्यवस्थापनको जिम्मा लिएपछि पहिले काम गरौ अनि पछि नियम मिलाउला भन्ने प्रवृति अथवा सोचका कारण रंगशाला निर्माण कामले पूर्णता पाएको छ भने साग खेलका लागि रंगशाला तयार भएको छ ।
खेलमा राजनिती हावी छ भन्ने सुन्नमा आउँछ , यस बारेमा तपाईको अनुभव के रहेको छ ?
-खेलमा राजनिती हावी हुनु हुदैंन भन्ने मेरो मान्यता हो । तर राजनिती पार्टीले खेललाई एजेन्डा बनाउँनु पर्दछ । एउटा भनाई छ राजनितीले विभाजन ल्याँउछ भने खेलले सबैलाई जोडेर राख्छ । तर हाम्रो बिडम्बना भन्नु पर्छ राजनितीले विभाजन त ल्यायो खेलले पनि विभाजन ल्यायो । तर मेरो नेतृत्वमा आइसकेपछि मैले पार्टीको मान्छे नहेरी जो खेलाडीसँग योग्यता र क्षमता छ, खेलमा लगाव र झुकाव छ त्यसलाई अवसर दिन्छु । यसले गर्दा खेलमा केहि सुधार आएको छ । हामीले खेलकुदलाई भर्ति केन्द्र बनाउँनु हुदैंन् । यो क्षेत्र सबैको साझा हो र सबैको साझा बनाउँन कसरी सकिन्छ त्यो पक्षलाई ध्यानमा राखेर काम गरेको छु ।
खेल क्षेत्रलाई अगाडी बढाउँने तपाईको सपना पूरा गर्न के के योजना बनाउँनु भएको छ ?
-यसका लागि मेरो पहिलो प्रथमिकता १३ औं सार्क हो भने यसको समापनसँगै ३(४ वटा कुरा मेरो पा्रथमिकतामा रहेका छन् । पहिलोमा, अबको चार बर्ष भित्र सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको खेल खेलाउँन सकिने किसिमका पूर्वाधार सम्पन्न रंगशालाको निर्माण गर्नु रहेको छ । कुनै पनि प्रदेश पूर्वाधारका हिसाबले गरिब हुने छैन् । दोस्रोमा, खेलकुद संघहरुलाई व्यवस्थित बनाउँछु । हरेक खेलाडीको रजिस्टे«सन् हुनेछ । नाम र रजिस्टे«सन् बिना खेलाडीले खेल खेल्न पाउँने छैन् । यसले गर्दा खेलमा पारदर्शिता सृजना गर्दछ । तेस्रोमा, विद्यालय स्तरबाटै खेललाई प्रथमिकतामा राखेर अगाडी बढाउँछु । जसका लागि उपराष्ट्रपति कप र राष्ट्रपति कपको सुरुवात हुनेछ । यो कप माघ महिनामा स्कूल लेभलबाट सुरु भएर जिल्ला, प्रदेश हुदैं अन्तिम प्रतियोगिता हुनेछ । यसका साथै एसइई सकेका विद्यार्थीका लागि तिन महिने तालिम दिने तयारी गरिरहेका छौं । यसले गर्दा तल्लो स्तरमा लुकेर रहेका प्रतिभाको खोजी हुन्छ ।
खेललाई अगाडी बढाउँन सरकारले निजी क्षेत्रसँग सहकार्य गरेको देखिदैंन् । निजी क्षेत्रसँग पनि सहकार्य गरी खेललाई कसरी अगाडी बढाउँन सकिन्छ ?
-निजी क्षेत्रसँग सहकार्य नै नभएको होइन् तर जुन रुपमा सहकार्य हुनुपर्दथ्या,े त्यो रुपमा हुन नसकेको चाँही पक्कै हो । यसका लागि नियमित लिग प्रतियोगिता हुनुपर्दछ भने ठूलो नगद पुरस्कारका प्रतियोगिता हुनु पर्दछ । यसका लागि कर्पोरेट हाउसहरुले सामाजिक उत्तरदायित्व अन्तर्गतका शिर्षकमा जम्मा भएको रकमको २५ प्रतिशत मात्र खेलको विकासमा लगाउन सकेमा यसले खेल क्षेत्रलाई नै नयाँ दिशा दिन्छ । यसका साथै अहिले बैंकहरुले ब्रान्ड एम्बास्डरको रुपमा खेलाडीहरुलाई लिने गरेका छन् यो पनि एउटा सकारात्मक कदमको रुपमा रहेको छ । त्यसै गरी स्कूल कलेजले पनि अहिले खेलको माध्यमद्धारा आफुलाई चिनाउन लागेका छन् । यस्ता कार्यले खेल जगत र खेलाडीका लागि सकारात्मक सन्देश दिन्छ ।
साग खेलमा नेपालले कति स्वर्ण पदक हासिल गर्ने लक्ष्य लिएको छ र खेलाडीको पारिश्रमिकको सवालमा परिषदको धारणा के छ ?
-सागमा न्यून्तम ५० बटा स्वर्ण पदक जित्ने हाम्रो लक्ष्य रहेको छ । यसका साथै नेपाल सरकारले खेलाडीको पारिश्रमिक बढाउँने योजना गरेको छ । यसलाई छिट्टै नै लागु गर्छाैं ।
साग गेम व्यवस्थापनको गर्विलो पाटो के छ त ?
-हामीले पहिलो पटक सार्क खेललाई विश्वव्यापिकरण गरेका छौं । हामीले सार्कलाई विश्वभरी प्रशारण गर्न विश्वका विभिन्न १५ च्यानलबाट प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाएका छौं । ८ करोड रुपैंयाँ हामीले प्रशारणबाट प्राप्त गर्दैछौं साथै विज्ञापन र टिकट गरी न्यूनतम ४० देखि ५० करोड खेल क्षेत्रले कमाउँदैछ । साथै, यस पटक नेतृत्व तहमा ईमानदार मानिस भएकै कारण खर्च कम भएको छ ।
यो क्षेत्रमा आर्थिक अनियमितता भयो भन्ने सुन्नमा आएको छ ? यसलाई कसरी लिनुहुन्छ ?
-म अनियमितता पनि गर्दिन र अरुलाई पनि अनियमितता गर्न दिदिन् । म खेलकुद क्षेत्रलाई एउटा दिशा दिउँ भन्ने उद्देश्यले आएको हुँ, न कि धन कमाउन् । किनकि, म मासिक पाँच लाखको जागिर छाडेर करिव पचास हजारको तलवमा आएको छु । म परिषद्मा आउनुको कारण नै खेलकुद क्षेत्रमा आमुल सुधार ल्याउनू पर्छ र त्यो गर्न सकिन्छ भनेर नै मैले यो भूमिका स्वीकार गरेर आएको हूँ । तर बिडम्बना,हामीकोमा विकासको कुरा गर्ने मान्छेकोे जेमा पनि खोट निकाल्छन् । उनीहरुलाई म काम गरेर जवाफ दिन्छु । साग गेमको आयोजनाका विषयमा पनि अनर्गल प्रचारबाजी भए । पूर्वाधार तयार हुनेमा धेरैले आशंका व्यक्त गर्दै टिका टिप्पणी पनि गरे । तर हामीले छोटो समयमा केहि गरेर देखायौं ।
सार्क गेमलाई सफल पार्न नागरिक स्तरबाट कस्तो किसिमको साथ सहयोगको अपेक्षा राख्नु भएको छ ?
-सार्क खेल हामी सबैको हो । यसमा सहभागि हुन सात हजार भन्दा बढी पाहुना नेपाल आउँदैछन् । यसमा नेपालको इज्जत प्रतिष्ठा जोडिएको हुनाले यस प्रति प्रत्येक नेपालीले अपनत्व लिइदिनुहोस् र यसलाई सफल , सभ्य र भब्य बनाउन सहयोग गर्नुस् । रंगशालामा उपस्थित भई खेलाडीलाई हौसला प्रदान गरिदिनुहोस् भन्न चाहन्छु ।
FACEBOOK COMMENTS