दिपक पराजुली
हेटौडा,१९ मंसिर -नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले सेवाग्राहीहरुलाई छिटो र छरितो किसिमले गुणस्तरीय सेवा दिन मातहतका निकायहरुलाई निर्देशन दिएका छन्। दवङ्ग स्ट्यालमा कुलमानले जुर्मुराउदै दिएको निर्देशनबाट कर्मचारी दङ्ग परेका छन् । कार्यसम्पादन सम्झौता गर्नको लागि बुधबार हेटौडा आइपुगेका घिसिङ्गले मातहतका निकायहरुलाई उक्त निर्देशन दिएका हुन्। घाटामा गएको विद्युत प्राधिकरणलार्इ नाफामा लगि उल्लेख्य नाम कमाएका घिसिङ्गको उक्त निर्देशनलाई कर्मचारीहरुले पालना गर्ने ईच्छाशक्ति देखाउदै उनको भिजनलाई साकार पार्न लागि पर्ने प्रण पनि गरेका छन् । घिसिङ्गले पछिल्लो चरणमा देश भरि नै मातहतका निकायहरुसंग कार्यसम्पादन सम्झौता गराई काम गरिरहेका छन्।
हेटौडामा कार्यकारी निर्देशक घिसिङ्गले प्रदेश न (३ डिभिजन कार्यलयका प्रमुख केदारराज सिलवाल र बितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हराराज न्यौपाने, डिभिजन कार्यालय हेटौडा मातहतका केन्द्र प्रमुखहरुसंग कार्यसम्पादन सम्झौता गरेका छन् । हेटौडा डिभिजन अन्तर्गत चनौली ,भरतपुर , टाडी ,हेटौडा ,पालुङ्ग ,र सिन्धुली गरी ६ वटा वितरण केन्द्र रहेका छन्। यस अघि मंगलबार घिसिङ्गले प्रादेशिक कार्यालय(२ जनकपुरका प्रमुख मनोज कुमार सिंहसंग कार्य सम्पादन सम्झौता गरेका थिए भने उपकार्यकारी निर्देशकले मातहातका वितरण केन्द्र प्रमुखहरुसंग सम्झौता गरेका थिए। जस अन्तर्गत ८ जिल्लाका २३ बितरण केन्द्र रहेका छन्।
प्रादेशिक , डिभिजन प्रमुख देखि केन्द्र प्रमुखसम्मको यो सम्झौता चुहावट नियन्त्रण , राजस्व संकलन ,ग्राहकहरुको सेवा प्रवाहमा सुधार देखि बिद्युतिय सुरक्षासम्म जोडिएका छन्। कार्यकारी निर्देशक घिसिङ्गले माताहतका निकायहरुलाई आर्थिक अनुशासन कायम गर्न , चुहावट नियन्त्रणमा प्रभावकारी अभियान चलाउन , बक्यौता असुलीमा कडाइ गर्न र आफु पनि सुरक्षित भै काम गरि अरुलाई पनि सुरक्षित बनाउन पनि निर्देशन दिएका छन्। नेपाल बिद्युत प्राधिकरणले देशभर भएका ८ वटा पुराना क्षेत्रिय कार्यालयलार्इ नया संरचना अनुसार ७ प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरी प्रदेश ३ को हेटौडा र प्रदेश ४ को नेपालगंजमा मात्र डिभिजन कार्यालय स्थापना गरेको छ।
FACEBOOK COMMENTS