काठमाडौं,मंसिर १९- नेपाल–भारत उद्योग वाणिज्य संघको विहीबार सम्पन्न २५ औँ वार्षिक साधारण सभाले सिर्जना राणालाई अध्यक्षमा निर्वाचित गरेको छ ।
संघको कार्यसमिति सदस्यमा अभिमन्यू पोड्डार, आनन्द बगारिया, ज्ञानेन्द्रलाल प्रधान, हेमराज ढकाल, आरबी रौनियार, सन्दीपकुमार अग्रवाल, सैवाल घोष, सुधिर मित्तल र सुनिल केसी निर्विरोध निर्वाचित भएका छन् । नव निर्वाचित अध्यक्ष राणाले आगामी दिनमा विदेशी लगानीको क्रम निरन्तर रुपमा बढ्ने अपेक्षा रहेको बताइन् ।
FACEBOOK COMMENTS