काठमाडौं, मंसिर २० – आजदेखि (शुक्रबार) ग्लोबल आईएमई बैंक र जनता बैक मर्ज भएपछि एकीकृत कारोबार सुरु गर्दैछन् । शुक्रबार बिहान एक विशेष कार्यक्रमआयोजना गरी एकीकृत कारोबार सुरु गर्न लागिएको ग्लोबल आईएमई बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई बिग मर्जरका लागि निर्देशन दिएसँगै पहिलोपटक दुई वटा वाणिज्य बैंक मर्ज भएर एकीकृत कारोबार सुरु हुन लागेको हो ।
मर्जरपछि ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृतमा हाल जनता बैंकका पर्शुराम कुँवर क्षेत्री रहने छन्। बैंकमा ग्लोबलबाट पाँच जना र जनताबाट दुई जना सञ्चालक रहनेछन्।
एकीकृत बैंकको चुक्ता पूँजी १९ अर्ब रुपैयाँ पुग्नेछ। यो चुक्ता पूँजीको आधारमा नेपालकै सबैभन्दा ठूलो हो। बैंकका ३०० शाखा कार्यलय र २५६ एटीएम, २४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन कायम हुनेछ। मर्ज हुँदा ग्लोबल आइएमईको १०० कित्ता सेयर बराबर जनता बैंकको ८५ कित्ता हुने गरी मिलाइएको छ ।
FACEBOOK COMMENTS