बुटवल, मंसिर २० – रुपन्देहीमा छोराले आफ्नै आमाबुवाको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।
रुपन्देहीको ओमसतिया गाउँपालिका ४ मा गोरखबहादुरले आफ्नै आमाबुबाको हत्या गरेका हुन् । उनले घरमै बसिरहेका ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
हतियार प्रहारबाट रामनारायणको घटनास्थलमै मृत्यु भएको छ भने गम्भीर घाइते थगनाको युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
गोरखबहादुरको मानसिक सन्तुलन ठीक नभएको प्रहरीले जनाएको छ । छोरा गोरखबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
FACEBOOK COMMENTS