काठमाडाैं । काठमाडौंबाट सुर्खेत उडेको बुद्व एयरको जहाज सिमरा आकाशबाटै काठमाडौँ फर्किएको छ।
जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं फर्किएको हो। अहिले काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण भइसकेको छ।
बुद्ध एयरले समस्या पहिचान भइनसकेको तर जहाज सुरक्षित अवतरण भएको जनाएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आज बिहान भएको यो घटनापछि जहाज ग्राउन्डेड गरिएको छ ।
यो जहाज उड्नुपुर्व चेक जाँच गरेका इन्जिनियरलाई समेत काममा रोक लगाइएको छ । अब प्राधिकरणको प्राविधिक टोलीको जाँचपछि मात्र जहाज उड्न सक्ने छ ।
विमान काठमाडौंबाट १५ नटिकल माइल उडेर काठमाडौं फिर्ता भएको हो ।
विमानमा ६२ जना यात्रु सवार थिए । उनीहरुलाई अर्को जहाजबाट गन्तव्य मा पुर्याउने तयारी छ ।
FACEBOOK COMMENTS