काठमाडौं, मंसिर २१ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले शनिबार सागअन्तर्गत हुने म्याराथनका कारण काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक अन्य सवारी नचलाउन सूचना जारी गरेको छ।
शनिबार बिहान ७ः०० देखि ११ः०० सम्म हुने म्याराथन दौडका लागि अत्यावश्यकबाहेकका सवारी नचलाउन र वैकल्पिक सडक प्रयोग गर्न महाशाखाले अनुरोध गरेको हो ।
महाशाखाका अनुसार म्याराथन दौड प्रतियोगिता दशरथ रंगशालाबाट सुरु भई टेकु-कालिमाटी-कलंकी-बल्खु-सातदोबाटो-कोटेश्वर-गठ्ठाघर-सल्लाघारी-सूर्य विनायक पुग्नेछ। यसपछि पुनस् सल्लाघारी-कोटेश्वर-नयाँ बानेश्वर-सिंहदरबार-भद्रकाली-वीर अस्पताल-जमल-लैनचौर-दरबारको उत्तर ढोका-नागपोखरी-जयनेपाल-संग्रहालय-दक्षिण गेट-घण्टाघर-भद्रकाली-नागस्थान हुँदै दशरथ रंगशालासम्म चल्नेछ।
यस्तै महाशाखाले शनिबार बिहान ११ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म कलङ्कीबाट कोटेश्वर हुँदै सूर्यविनायक जाने सडकखण्डमा साइकल दौड आयोजना हुने भएकाले कलङ्की कोटेश्वरमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वर सूर्यविनायक खण्डको वैकल्पिक मार्ग प्रयोग गर्न सडक प्रयोगकर्तालाई अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS