काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले गृहसचिवलगायत सुरक्षा अधिकारीलाई प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बोलाएर देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका छन्।
प्रधानमन्त्री निवासमा केही बेरअघि गृहसचिवलगायत सुरक्षा अधिकारीले प्रधानमन्त्रीसमक्ष देशको सुरक्षाा अवस्तथाबारे ब्रिफ्रिङ गरिरेहका छन्।
यस क्रममा प्रधानमन्त्री प्रचण्डले स्ववियु निर्वाचनको सुरक्षा चुस्तदुरुस्त बनाउन, निर्वाचन शान्तिपूर्ण बनाउन र विश्वविद्यालय/क्याम्पसहरूमा सहयोगात्मक वातावरण बनाउन गृहसचिव तथा सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन्।
आइतबार स्ववियु निर्वाचन हुँदैछ।
FACEBOOK COMMENTS