नेपालको जग निर्माण गर्ने सेनाका बारेमा बेलाबखत बाह्य शक्तिहरुले मनोवैज्ञानिक रुपमा सैन्य शक्तिलाई कमजोर बनाउने प्रयत्न गर्ने गर्छन्।
नेपालको बिकास निर्माण र भूराजनीतिक अवस्थालाई मध्यनजर नजर राखेर सेनाले विकास निर्माणको काममा अग्रसरता देखाउनु नकारात्मक भन्न मिल्दैन। नेपालको इतिहासमा सेनाले कहिलेपनि राज्यसत्तालाई दबाब दिने प्रयत्न गरेको देखिएको छैन। राष्ट्रियता कमजोर भएको अवस्था प्रजातन्त्रको र नागरिक सर्वोच्चताको नाउँमा सार्वभौम अखण्डतामाथि आँच पुग्ने परिस्थितिमा सार्वभौमसत्ताको रक्षा गर्नु सेनाको परम कर्तव्य पनि हो।
नेपाली सेना राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रप्रति सधै समर्पित रहँदै आएको इतिहास आफै बोल्दछ। देश अराजक अवस्थामा उन्मुख भइरहेको चुनौतीपूर्ण घडीमा सेनालाई कमजोर बनाउने आन्तरिक र बाह्य शक्तिको देखि राष्ट्रबादी देशभक्तहरु सँधै चनाखो हुनु जरुरी छ। सेना भित्रको आर्थिक विसंगतिलाई पनि निराकरण गर्न सकिन्छ चर्चाको विषय बनाई हो आवश्यक हुँदैन।
२००७ सालदेखि अहिलेसम्म नेपाली सेनालाई निरन्तर आक्रमण हुँदै आएको छ। विदेशी शक्तिहरूले नेपालको स्वाधिनतामाथि चलखेल गर्न यस्ता कुत्सित विचारहरू बजारमा आइरहन्छ। भूगोलको मात्र होइन सेनाले साँस्कृतिक वैभवहरुलाई समेत संरक्षण गर्दै आएको छ। युवाहरूको रोजगारीको लागि आकर्षणको केन्द्र बनेको नेपाली सेनामा संख्यात्मक कटौती होइन अझ बढाउनुपर्ने टड्कारो आवश्यकता देखिन्छ।
युवाहरूलाई विकास निर्माण र आन्तरिक उत्पादनमा समेत संलग्न गराई एक घर एक सेनाको नीति सरकारले निर्माण गर्नुपर्ने आवश्यकता भएको छ। सभ्य देश भक्तिले ओतप्रोत भएको नेपालीले सेनाको संख्या घटाउने परिकल्पना पनि गर्नसक्दैन। भारतको सुरक्षा छाताभित्र राख्ने प्रयत्न असफल भइसकेपछि तिनैका अवशेषहरुले अझपनि धमिरा बनेर नेपालको राष्ट्रियतालाई कमजोर बनाउने परिकल्पनामा लागिरहेको अनुभूत हुन्छ।
हरक्षेत्रमा अस्थिरता उत्पन्न भएको जटिल परिस्थितिमा सेनाजस्तो अनुशासित र बलियो राष्ट्रिय शक्तिलाई अझ बढी समयसापेक्ष ढंगले शक्ति सम्पन्न बनाउँदै अघि बढ्नुपर्ने बेलामा सेनाको सैन्य संगठन माथि भद्दा मजाक गर्ने पात्रहरूलाई नेपाली हो भन्न सकिन।
लोककल्याणकारी कार्य र राष्ट्रिय सुरक्षा नीतिमा नेपाली सेनाको अब्बल भूमिकालाई कसैले पनि औंला उठाउन सक्दैन। संयुक्त राष्ट्रको शान्तिसेनामा समेत सेनाको भूमिका प्रशंसनीय छ भन्ने जगजाहेरै छ।
राष्ट्रिय सुरक्षाको अवधारणामा आएको परिवर्तनले सैनिक कारवाही बाहेकका अन्य विविध पक्ष पनि सुरक्षाको परिभाषाभित्र समाविष्ट गराइएका छन् । प्रत्येक मुलुकको सुरक्षा सम्बन्धको सोच उसको आफ्नै राष्ट्रिय सन्दर्भबाट प्रभावित हुन्छ । त्यसमा राजनीतिक प्रणालीको स्थायित्व, सामाजिक, आर्थिक, सांस्कृतिक विकासका अवसरहरू र विविधीकरणले आन्तरिक विद्रोहमा रहेको समाजमा विद्रोहको व्यवस्थापनसमेत राष्ट्रिय सुरक्षा नीति तय गर्ने आधारहरू बनेका हुन्छन् ।
इतिहासकै सबैभन्दा कठिन समयमा गुजि्ररहेको नेपालमा सुरक्षाको परिभाषा गर्दा सर्वाधिक महत्वपूर्ण जोड दिनुपर्ने विषय आन्तरिक विद्रोहको व्यवस्थापन नै हो ।
सुरक्षा नीति पनि राष्ट्रिय नीतिकै अङ्ग भएकाले राष्ट्रको मूल नीति निर्धारण नभएसम्म सुरक्षा नीति निर्धारण हुन गाह्रो छ । राष्ट्रिय सुरक्षाको व्यापक परिभाषा गर्दा राष्ट्रिय एकता, अखण्डता, सार्वभौम जगेर्नाका सवाल सर्वोपरी रूपमा आउँछ । यस अवस्थालाई आंँकलन गरी सेनाले सुरक्षाको गृहकार्य गरिहाल्नुपर्छ ।
राष्ट्रिय सुरक्षा परिषद, सैनिक ऐन २०६३ एवं राष्ट्रिय सहमतिसहितको स्वतन्त्र नेपालको सुरक्षा रणनीति तर्जुमा गर्नसके ९३ हजार फौज एवं जनतामाझ सबै सुरक्षा निकायको वास्तविक नेतृत्व गरेको ठहरिनेछ ।
FACEBOOK COMMENTS