काठमाडाैं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ ।
बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज बुधबार बिहान शेयर बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार कम्पनीको आईपिओमा कुल १३ लाख ५६ हजार ३ सय ४१ जना आवेदकबाट १ करोड ५० लाख ८८ हजार ८ सय ८० कित्ताको लागि परेको थियो ।
तर ७ हजार ९ सय ९९ जनाको आवेदन रद्द भएकोले कुल योग्य आवेदकको संख्या १३ लाख ४८ हजार ३ सय ४२ जना मात्र रहेको क्यापिटलले जनाएको छ ।
आईपिओमा माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १३ लाख ४८ हजार ३ सय ४२ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ ।
जस अनुसार ४ लाख २४ हजार ८ सय ९३ जनाले शेयर पाएका छन् । यी मध्ये ८ जनाले ११ कितात शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् ।
आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ। प्रकाशन भएपछि आईपिओको नतिजा विभिन्न ३ तरिकाबाट हेर्न सकिने छ।
बिक्रि प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट, सिडीएससीको मेरोशेयरको वेबसाइट, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट बाट हेर्न सकिने छ ।
मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।
कम्पनीले फागुन २६ गतेदेखि फागुन ३० गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्रि खुला गरेको थियो ।
कम्पनीले सर्वसाधारणलाई ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता शेयर निष्काशन गरेको हो ।
कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामुहिक लगानी कोष योजनाहरुलाई शेयर निष्काशन गरि बाँडफाँड गरि सकेको छ ।
कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।
आयोजनाको कुल अनुमति लागत १३ अर्ब ३३ करोड रहेको छ । आगामी २०८० भदौ २६ गतेसम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।
FACEBOOK COMMENTS