काठमाडौं । एक दिवसीय क्रिकेटको बरियतामा नेपालले थप सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको वरियता अनुसार नेपाल एक स्थान सुधार गर्दै १५औं स्थानमा उक्लेको हो । यसअघि नेपाल १६औं स्थानमा थियो।
विश्वकप लिग–२ का पछिल्ला १२ खेलमध्ये ११ जित निकालेपछि नेपालले आफ्नो वरियतामा पनि सुधार गरेको हो। ११ खेल जित्नु अघिसम्म नेपाल १९औं वरियतामा थियो। अहिले भने ओमनलाई समेत पछि पार्दै नेपाल १५औं स्थानमा उक्लेको छ।
वरीयताको पहिलो नम्बरमा भारत, दोस्रोमा न्युजिल्याण्ड, तेस्रोमा इंग्ल्याण्ड, चौथोमा पाकिस्तान, छैटौँमा साउथ अफ्रिका, सातौँमा बंगलादेश, आठौंमा बंगलादेश, नवौँमा वेष्ट इण्डिज, १०औँमा अफ्गानिस्तान, ११औँमा आयरल्याण्ड, १२औँ स्कटल्याण्ड, १३औँमा जिम्बाबे, १४औँमा नेदरल्याण्ड, १५औँमा नेपाल, १६औँमा ओमान, १७औँमा नामिबिया, १८औँमा अमेरिका, १९औँमा यूएई र २०मा पपुवा न्युगिनी रहेका छन् ।
FACEBOOK COMMENTS