काठमाडौं, मंसिर २३ – डेंगु संक्रमण देखिएपछि १३ औं दक्षिण एसियाली खेलकुद ९साग०मा भाग लिन आएका ७ जना श्रीलंकन खेलाडी अस्पताल भर्ना भएका छन् ।
डेङगुको संक्रमण देखिएका ७ जना खेलाडीहरुलाई त्रिपूरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरेर उपचार गरिएको छ ।
उनीहरुलाई सागका लागि नेपाल आएको तीन–चार दिनमै संक्रमण देखिन थालेको थियो । डेंगु संक्रमण उनीहरु कै देशमा भएको साग मेडिकल टिमका संयोजक डा।अजय राणाले बताए ।
सागमा सहभागी हुन आएका अन्य देशका २६ खेलाडीहरु पनि बिरामी भएका छन् । उनीहरु पनि ब्लुक्रस अस्पतालमा भर्ना भएरै उपचार गराएका हुन् ।
तर कुनै पनि नेपाली खेलाडीहरुलाई भने संक्रमण नदेखिएको साग मेडिकल टिमले जनाएको छ ।
FACEBOOK COMMENTS