काठमाडौं। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ अन्ततस् बर्खास्त हुने भएका छन्। उनीमाथि लागेको आरोप छानबिन गर्न गठिन राष्ट्र बैंकको समितिले प्रतिवेदन बुझाउँदै आरोपको पुष्टी गरेको छ।
सञ्चालक समितिका सादस्य श्रीराम पौडेलको संयोजकत्वमा गठित समितिले मंगलबार प्रतिवेदन बुझाउँदै फाइल लुकाएर कतिपय संस्थालाई गलत काम गर्न प्रोत्साहित गरेको, कारवाही गर्नु पर्ने संस्थालाई कारवाही गर्ने फाइलहरु पनि लुकाएको र सम्पति शुद्धिकरणका कतिपय आरोपहरु सहि सावित भएको प्रतिवेदनमा उल्लेख छ। समितिमा पौडेलका साथै रामजी रेग्मी र सुवोधकुमार कर्ण सदस्य थिए।