काठमाण्डौं, २६ मंसिर – छाङ्ग पारखीहरुको चाहनालाई मध्यनजर गर्दै आकर्श गु्रपले तारा गोब तिबेत छयाङ्ग कम्पनीद्धारा उत्पादित जौंको बार्ली छाङ्ग उपभोक्ता माझँ बजारमा ल्याएको छ ।बार्ली छयाङ्ग पारखीहरुलाई उनीहरुको स्वादको प्रार्थमिकताको आधारमा बिशिष्ट स्वाँदको उत्पादन बजारमा ल्याएको हो । तिब्बतको ३,५०० मिटरभन्दा बढी उचाईमा खेती भएको शुद्ध जौंबाट उत्पादन गरिएको बार्ली छयाङ्ग नेपाली पारखीहरुलाई उचित हुने स्वाँद अनुसार रहेको छ । ३५० एम.एल.को क्यानमा पाईने यो १.५५ अल्कोहल रहेको छयाङ्ग १२५ रुपैयाँ र १०५ अल्कोहल रहेको छयाङ्गको २२५ रुपैयाँमा उपलब्ध हुनेछन् ।
अन्र्तराष्ट्रिय स्तरको छयाङ्गको माग बढेकाले, त्यो मागको पुर्ती गर्न आर्कश गु्रपले छयाङ्ग बजारमा ल्याएको जनाएको छ । राजधानी र नेपालका प्रमुख शहरहरुमा यसै महिना देखि बिक्री बितरण सुरु हुने भए पनि नेपाल भरी भने केहि समयमै सुरु हुने आर्कश गु्रपले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS