काठमाडाैं । आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट निर्माण गर्ने टिम बनेको छ ।
अर्थ मन्त्रालयले शुक्रबार सहसचिव भूपाल बरालको संयोजकत्वमा ६ सदस्यीय ‘बजेट मस्यौदा लेखन समिति’ गठन गरेको हो ।
सहसचिव बरालको नेतृत्वमा सहसचिव उत्तरकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा समितिमा रहेका छन् ।
बजेट लेखनमा अर्थ मन्त्रालयका दुई सचिवले गर्नेछन् भने बजेटको मार्गदर्शन अर्थ मन्त्रीले गर्नेछन् ।
यसअघि नै मन्त्रालयले राजस्व सचिवको नेतृत्वमा राजस्व परामर्श समिति गठन गरिसकेको छ भने उक्त समितिले काम समेत सुरु गरिसकेको छ ।
FACEBOOK COMMENTS