काठमाडौं,मंसिर २८ – चर्चित कलाकार दिपक क्षेत्रीको ५८ बर्षको उमेरमा निधन भएको छ । आफ्नै कोठामा चुकुल लगाएर सुतिरहेका क्षेत्रीलाई प्रहरीले शनिबार मृत अवस्थामा भेटेको हो ।
लामो समयदेखी घाँटीको क्यान्सरबाट पिडित कलाकार क्षेत्रीको संसारभर रहेका नेपाली चलचित्रकर्मी, पत्रकार तथा दीपकका फ्यानहरुले सहयोग गरिरहेका थिए ।
कलाकार क्षेत्रीको शव टिचिङ हस्पिटलमा राखिएको छ । उनको श्रीमती मलेसियामा रहेकाले उनी आइतबार नेपाल आएपछी मात्र कलाकार क्षेत्रीको अन्तिम संस्कार गरिने बताइएको छ । क्षेत्री काठमाडौं डिल्लिबजारमा परिवार सहित बस्दै आएका थिए ।
FACEBOOK COMMENTS