काठमाडौं,मंसिर २९ – अघिल्लो हप्ता निरन्तर घटिरहेको सुनको भाउ यो हप्ता भने सुरुवात मै बढेको छ । आइतवार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ ।
शुक्रबार ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आइतवार ५०० रुपैयाँ बढ्दै ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसै गरी आइतवार तेजावी सुनको पनि प्रतितोला ५ सय रुपैयाँले बढेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी पनि आज प्रतितोला ५ रुपैयाँले बढ्ेको छ । आज चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS