काठमाण्डौं, २९ मंसिर – नेपाल फाईभ पि अर्थात नेपालभर रहेको प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ संबन्धी अन्तराष्ट्रिय प्रदर्शनी ४ देखि ६ पौषसम्म भृकुटीमण्डपमा हुने भएको छ । फाईभ पिसँग सरोकार राख्नेहरुलाई एकै थलोमा भेला गराई व्यापार साझेदारीको नविनतम प्रविधि प्रदर्शन एवम् संवाद गर्न साझा मञ्च प्रदान गर्न एक मात्र उद्योग व्यापार विशेष अन्तराष्ट्रिय प्रदर्शनीका रुपमा उक्त प्रदर्शनी हुन लागेको हो ।
नेपाल चेम्बर अफकमर्समा आज आयोजित पत्रकार सम्मेलनमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल चेम्बरको पीएच डी चेम्बरसँग समझदारी पत्रमा हस्ताक्षर भई सहकार्य भईरहेको र २÷३ महिना अगाडी मात्र रिजर्भ वायर्स सेलर्स सम्बन्ध र नेपाल भारत व्यापार सम्बन्धमा विशेष कार्यक्रम भएकाले मेलामा जिल्ला चेम्बरको सहभागिता हुने जानकारी दिए । उनले नेपाल इन्डिया सेन्टरको स्थापना पछि चेम्बरले यस किसिमका क्रियाकलपाहरुले थप प्रोत्साहन सहित सूचना प्राप्त गरि द्धिपक्षिय व्यापार , लगानी प्रबद्र्धनमा समेत यो मेलाले ठोस अवसर प्राप्त गरिनुपर्नेमा जोड दिए ।
पिएचडी चेम्बर अफकमर्सका प्रिन्सिपल डाइरेक्टर नविन सेथले नेपाल सार्क क्षेत्रमा दु्रतगतिमा बढिरहेको प्रमुख बजार भएकाले यस प्रदर्शनीले हजारौं सँख्यामा रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङका खरिदकर्ता र यसै क्षेत्रका निर्णयकर्ताहरुलाई एकै ठाउँमा उभ्याउँदै पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङका खरिदकर्ता बीचको सिधा सम्पर्क प्रवद्र्धन गर्ने आयोजकले विश्वास लिएको बताए । नेपालमा कच्चापदार्थको प्रमुख निर्यातकर्ता भारत भएकाले पनि भारतबाट आएका १०० भन्दा बढी चाईना, ताईवान, जर्मनी ईटाली र नेपालका अन्य ५० कम्पनीहरुले प्रदर्शनीमा सहभागिता जनाउने उनले बताए । छिमेकी मुलुकहरुबाट मात्र नभई यूरोप, अफ्रिका र अन्य अएशियाली मुलुकहरुबाट प्रदर्शनहरुको सहभागिता रहने यस प्रदर्शनीलाई अन्तराष्ट्रिय स्तरको कार्यक्रमको रुपमा विकास गर्न सक्नु गर्वको विषय भएकाले यस वर्षको नारा “बिल्डिङ नेपाल टुगेदर फर अ ब्राईटर टुमारो” तय गरिएको सेथले जनाए । साथै, उनले नेपाल फाईप पि प्रर्दशनीको तयारी अन्तिम चरणमा पुगेको जानकारी पनि दिए ।
नेपाल चेम्बर अफ कमर्स, भारतको पिएच डी च्याम्बर अफ कमर्स, स्क्रिन प्रिन्टिङ एशोसिएसन अफ इन्डिया र कोरुगेटेड बक्सेस म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपाल यस नेपाल फाईप पी एक्स्पोलाई सफल पार्ने भूमिकामा रहेका छन् । यस प्रर्दशनीमा प्रोसेसिङस मेसिनरी उत्पादकहरु, स्क्रिन प्रिन्टिङ, कन्टेनर, बि बकक, इन्डक्सन, मोल्डिङ् मेसिन, प्रिन्टिङ मेसिन, टेप प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी , प्रिन्टिङ स्पेर पार्टस, पेपर मेसिनरी, पेपर कप मेसिनरी, सबै खालकाकागज र स्पेर पार्टस, सिलाई मेसिनका उत्पादकहरु, प्याकेजिङ मेसिनरी, यार्प फिल्म उत्पादक, लेबल उत्पादक, कोरुगेट बक्स उत्पादक र अन्यथुप्रै उत्पादकहरुको सहभागिता रहने छ ।
सप्लायर्स र उत्पादकहरुको साझा मञ्च मात्र नभएर नेपाल फाइभ पिले समृद्द नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पु¥याउन संसार भरीका उत्कृष्ट प्रविधि र प्रयासहरुलाई भित्र्याउने अपेक्षा आयोजकहरुको छ । सबै विधाका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसउद्योगहरुले आफ्नो सहभागिता जनाए पनि उच्च कोटिका ब्राण्डहरु जस्तै गुरुचरन इन्ड्रस्टिज, निलगिरी मसिनरिज, जेके पेपर लि. ए के आर इन्डस्ट्रिज, एन ए पिचग्राफिक्स, जेन सिल्क, नर्थ पोइन्ट प्योकजिङ स्विस प्याकप्रा.लि. ओरियन्ट माइक्रो एब्रेसिभस् लि. हेक्सा प्लास्टको सहभागिताले यस प्रर्दशनीको विशेष महत्व रहेको नेपाल चेम्बरले जनाएको छ ।
FACEBOOK COMMENTS