काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा बिहीबार २ बजेदेखि पुनः निर्वाचन हुने भएको छ । महासंघले निर्वाचन हुने समय सार्वजनिक गरेको हो ।
यसअघि बुधबार सम्पन्न निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः निर्वाचन हुन लागेको हो ।
पहिलो चरणको निर्वाचनबाट उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ दोस्रो चरणमा प्रवेश गरेका छन् । रामचन्द्र संघाइ बाहिरिएका छन् । महासंघका अनुसार निर्वाचन प्रज्ञा प्रतिष्ठानमै हुने छ ।
रामचन्द्र संघई प्रतिस्पर्धाबाट बाहिरिएका छन्। अन्जनको प्यानलबाट एक जनाले पनि उपाध्यक्ष जित्न सकेनन् भने संघईकोबाट दुई र उमेशलालकोबाट एक जनाले उपाध्यक्ष जितेका छन्।
बस्तुगतमा उमेशलालले अग्रता कायम गरेका थिए। उमेशले ६९ मत पाएका छन् भने अन्जन श्रेष्ठले ४१ र रामचन्द्र संघाईले १२ मत पाएका छन्।
जिल्ला/नगरतर्फ सर्वाधिक मत अन्जन श्रेष्ठले ल्याएका थिए। कुल ११७ मतमध्ये अन्जनको ४७, रामचन्द्रको ३९ र उमेशको २८ हो।
एसोसिएट्स तर्फको वरिष्ठ उपाध्यक्षमा अन्जनले ५५८, उमेशले ४१५ र रामचन्द्रले ६१० मत प्राप्त गरेका छन्। यस आधारमा सर्वाधिक मत ल्याएका संघइको ३७ प्रतिशत छ।
अब संघई पक्षले जसलाई सघाउँछ उसले निर्वाचन जित्ने छ।
FACEBOOK COMMENTS