काठमाडौँ । नयाँ वर्ष मनाउन लागि चिनियाँ पर्यटकको टोली बिहीबार बिहान नेपाल आएका छन्। कोभिड माहामारीपछि चिनियाँ पर्यटकको आवमगन सबैभन्दा कम रहेकामा अब आउन थालेका हुन्।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चिनियाँ पर्यटकलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्। १८१ जना चिनियाँ पर्यटक जहाज चार्टड गरेर काठमाडाैँ आइपुगेका हुन्।
‘नयाँ वर्षको आगमनसँगै चिनियाँ पाहुनाहरुलाई नेपाल र नेपाली जनताका तर्फबाट भव्य स्वागत गरियो’, उनले भने,‘ भोलिदेखि नयाँ वर्ष मात्र होइन, नयाँ दशक प्रारम्भ हुँदै छ। मलाई विश्वास छ,यो दशक नेपालीहरुको लागि सुख र समृद्धिको दशक बन्नेछ।’
पहिलो समूहमा १८१ जना आएको र अब लगातार रुपमा ७ सय चिनियाँ पर्यटक आउने छन् । २०१९ मा १ लाख ६५ हजार नेपालमा चिनियाँ पर्यटक आएका थिए । चिनियाँ राष्ट्रपतिले भिजिट २०२० मा चीनबाट ५ लाख पर्यटक पठाउने भनेपनि कोरोनाका कारण सफल हुन सकेको थिएन । रेग्मीले यो वर्ष २०१९ को भन्दा बढी चिनियाँ पर्यटक नेपालमा पाउने अपेक्षा गरिएको बताए । उनले पर्यटकहरुको नेपाल बसाई एक हप्ता हुने बताए ।
त्यस्तै, पर्यटन व्यवसायी सुदर्शन नेपालले चिनियाँ पर्यटकहरुको टोली हिमालय एयरलाइन्सको विमान चार्टर उडानमार्फत लगातार आउने तालिका रहेको बताए । उनले अप्रिल १९ तारिकमा अर्को उडानमार्फत आउने तालिका रहेको भन्दै पहिलो टोली भएकाले चीनमा सकारात्मक सन्देश दिनको लागि भव्य रुपमा स्वागत गरिको बताए ।
उनले चिनियाँ पर्यटक टोलीको ८ दिनको बसाईमा ३ दिन टे«किङ जाने र ४ दिन काठमाडौं पोखरा घुम्ने बताए । उनले नयाँ वर्ष लागेसँगै चिनियाँ पर्यटकको आगमन भएकाले पर्यटक व्यवसायीहरुमा नयाँ उर्जा थपिएको बताए ।कोरोना महामारी पश्चात चीन सरकारले मार्च १० बाट नेपाललाई गन्तव्यका सूचिमा राखेको थियो । नेपाल गन्तव्य मुलुकमा परेपश्चात चार्टर उडानमार्फत नेपाल आउने पहिलो समूह रहेको छ ।
FACEBOOK COMMENTS