काठमाडौं । सेगवे इलेक्ट्रिक स्कुटर ई-१०० मार्फत धीरेनमान श्रेष्ठले ईतिहास रच्दै पूर्वदेखि पश्चिम काँकडभिट्टा (नेपाल भारत सीमा) देखि महेन्द्र नगर (नेपाल भारत सीमा), सम्मको यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन्।
दुईवटा ब्याट्री र दुईवटा फास्ट चार्जर जडित सेगवे इलेक्ट्रिक स्कुटर ई-१०० ले आरामदायी र सुविधाका साथ यात्रालाई सफल बनाएको थियो। यो यात्राले वातावरण मैत्री यातायात साधनको प्रतिनिधित्व गर्दै लामो दूरीको यात्राका लागि विद्युतीय सवारी साधनको उपयोगिता र उत्कृष्टता प्रमाणित गरेको छ।
६ रात ७ दिनको साहसिक यात्राका लागि दुईवटा ब्याट्री र दुईवटा फास्ट चार्जरसहित पूर्वी सीमावर्ती शहर काँकडभिट्टाबाट धिरेनले यात्रा सुरु गरेका थिए। उनले सम्पूर्ण यात्राको दौरान चार्जिंग खर्च ६५० रुपैयाँ मात्रै खर्चिएका थिए। यस किफायती र कम लागतको विद्युतीय स्कूटरको यात्राले आगामी दिनहरुमा वातावरण मैत्री यातायात साधनका विकल्पहरूको प्रवर्द्धन गरेको छ र इन्धनको माग घटाउन प्रोत्साहन दिएको छ।
सेगवे इलेक्ट्रिक स्कुटर ई-१०० यात्रा अवधि भरि एक भरपर्दो र प्रभावशाली साबित भएको छ। यात्रा आवधिभर सेगवे ई-१०० को कार्य क्षमताको सफलता पूर्वक उचित परीक्षण गरिएको थियो, जस अन्तर्गत माइलेज परीक्षण, उच्च गति परीक्षण, अफ–रोड परीक्षण, तापक्रम परीक्षण, अपहिल परीक्षण, ब्रेकिङ परीक्षण, हेडलाइट परीक्षण, र कम्फर्ट परीक्षण गरिएको थियो।
सेगवे इलेक्ट्रिक स्कूटर ई-१०० ले यी परीक्षणहरू मार्फत सहजै विभिन्न भू–भाग र परिस्थितिहरूमा यसको प्रभावशालिता र निर्भरता प्रदर्शन गरेको छ। धिरेनले यो साहसिक यात्रा सुरु गर्नुअघि सोही स्कुटर, सेगवे ई-१००, काठमाडौंबाट कुलेखानी रुट हुँदै हेटौंडासम्म यात्रा गरेर सफलतापूर्वक परीक्षण गरेका थिए। यसैगरी, उनले सेगवे एन् १०० को पनि काठमाडौंदेखि पोखरासम्मको यात्रा गरि परीक्षण गरेका थिए।
यस यात्राको सबैभन्दा प्रभावशाली पक्षमध्ये एक न्यूनतम वातावरणीय प्रभाव हो। शून्य उत्सर्जन र ध्वनि प्रदूषणको साथ, सेगवे इलेक्ट्रिक स्कूटर ई-१०० एक वातावरण मैत्री विकल्प साबित भएको छ।
FACEBOOK COMMENTS