काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सका एक संचालकले राजीनामा दिएका छन् । इन्स्योरेन्सका संचालक मनि राम पोखरेलले चैत ३ गतेदेखि लागु हुने गरी राजीनामा दिएका हुन् ।
पोखरेल कम्पनीको संस्थापक सेयरधनीबाट संचालकमा २०७५ साल जेठ १० गते मनोनित भएका थिए ।
पोखरेलसँग बैंकिङ क्षेत्रमा ३० वर्षको अनुभव छ । हाल उनी प्रभु बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पदमा छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङमा स्नातकोत्तर र भौतिकशास्त्रमा स्नातक उपाधि हासिल गरेका छन् ।
FACEBOOK COMMENTS