काठमाडौं, पुस ३- नेपाल एसबिआई बैंकको २६औँ वार्षिक साधारणसभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएको छ । सभाले बैंकको आ.व. २०७५/७६ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण पारित गरेकोे छ ।
बैंकले आ.व. २०७५/७६ मा रु. ३१२.३९ करोड संचालन मुनाफा र रु. २२९.२५ करोड खुद मुनाफा हासिल गरेको छ ।
सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीमा १६.८४ प्रतिशतका दरले लाभांश (६% बोनश शेयर र १०.८४% नगद लाभांश) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७५÷०७६ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।
उक्त सधारणसभाले आ.व. २०७६/७७ को बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टि.आर. उपाध्याय एण्ड कं., चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा÷नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
FACEBOOK COMMENTS