काठमाडौं,पुस ३ – सेयर खेलाडी सफ्टवार सार्वजनिक भएको छ । सेयर संसार डटकमले उक्त सफ्टवयर बजारमा ल्याएको हो ।
वेबमा आधारित सफ्टवेयर सेयर खेलाडीेलाई सेयर बजारको खेल मैदानमा प्रवेश गर्ने सिकाउने गेमिंग प्रणालीको रुपमा प्रयोग गर्न सकिनेछ । यसको प्रयोगले नेपाल स्टक एक्सचेन्जबाट लगानीकर्ताहरुलाई वास्तविक समय सापेक्ष कारोबारको डाटा प्रदान गर्छ ।
लगानीकर्ताहरुले शेयरखेलाडीको मार्फत भर्चुअल पैसाको साथ शेयर कारोबारको अभ्यास गर्न सक्छन् । यस सफ्टवेयरमा विभिन्न इभेन्ट संचालन गर्न सकिन्छ साथै तेस्रो पक्षले पनि यसमा विभिन्न इभेन्ट आयोजना गर्न सक्छन् ।
कार्यक्रमहरुमा भाग लिन इच्छुक लगानीकर्ताहरुले शेयर संसार डटकममा प्रवेश गरी, खाता सिर्जना गर्ने र sharekheladi.sharesansar.com मा लगइन गर्नु पर्छ ।
यसमा शेयर खेलाडी लगानीकर्ताले सूचीकृत विभिन्न इभेन्ट्सहरुमा सहभागी हुन सक्छन् साथै आउँदो इभेन्ट्सहरुको सूचना अग्रिम रुपमा पाउन सक्छन् । यसरी लगानी सिक्न सुरुमा १० लाख रुपैयाँको भर्च्यूल रकम लगानीकर्तालाई उपलब्ध हुनेछ ।
उक्त रकम लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेन्जमा कारोबार गरेको जस्तै गरी आदेश प्रविष्ट गर्न सक्नेछन् । साथै, खेलाडीहरुले सूचीकृत कम्पनीहरुको चार्ट विश्लेषण गर्न सक्छन् ।
FACEBOOK COMMENTS