काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको स्थल यातायात तथा पारवहन समितिको सभापतिमा कार्यकारिणी सदस्य शिवप्रसाद घिमिरे चयन भएका छन् ।
महासंघको अधिवेशनबाट बस्तगुत समूहतर्फबाट कार्यकारिणी सदस्यमा निर्वाचित भएका घिमिरेलाई अध्यक्ष चन्द्र ढकालले समितिको सभापति चयन गरेका हुन् ।
३ बैशाखमा सम्पन्न कार्यकारिणी समितिको बैठकबाट अध्यक्ष ढकाललाई विभिन्न समितिको अध्यक्ष मनोनित गर्ने अधिकार दिइएको थियो ।
त्यसपछि गत बिहीबारको निर्णयबाट कार्यकारिणी सदस्य घिमिरेलाई स्थल यातायात तथा पारवहन समितिको सभापमिा चयन गरिएको हो । सो समितिले गरेको कार्य गतिविधिबारे प्रत्येक ६–६ महिनामा प्रतिवेदन बनाई जानकारी गराउनुपर्ने सर्त राखिएको छ ।
उनी निर्यातमुलुक कत्था उत्पादक संघको अध्यक्षसमेत हुन् । उनले सिन्धुलीमा चुनढुङ्गा खानी रहने गरी गरुड सिमेन्ट उद्योग संचालनको प्रकृया शुरु गरेका छन् । उनको लगानीमा बझाङ, संखुवासभा र भोजपुरमा पाँच वटा जलविद्युत आयोजना निर्माणधिन अवस्थामा छन् ।
उनले नेपालमै विद्युतीय सवारी साधनको उत्पादन गर्ने उद्देश्यले बारामा प्लान्ट निर्माण प्रकृयासमेत अघि बढाइसकेका छन् । उनको व्यापार, उत्पादन/निर्माण, जलविद्युत, पेट्रोलियम, सेवा, कृषि र बैंकिङ क्षेत्रमा गरी कूल ३९ वटा उद्योग, व्यवसाय छन् ।
FACEBOOK COMMENTS