काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच शुक्रबार बिहान भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेर सरकारले राम्रो काम गरेको भन्दै प्रचण्डलाई धन्यवाद दिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले ‘भीआईपी’लाई पक्राउ गर्ने आँट गर्नु सकारात्मक रहेको भन्दै लामिछानलेले आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध सडकमा उत्रिने जानकारी गराएका थिए ।
प्रधानमन्त्रीलाई लामिछानेले भने, ‘भ्रष्टाचारको फाइल खोलेकामा तपाईंलाई धन्यवाद।’ जवाफमा प्रधानमन्त्रीले भने, ‘अरू धेरैका फाइल खोल्छौँ, तपाईं पनि सरकारमा आउनूनस्।’
लामिछानेले आफू सरकारमा नभए पनि प्रधानमन्त्रीले चालेको यो सही कदममा साथ दिने बताएका थिए।
FACEBOOK COMMENTS