काठमाडौं । संसद बैठकमा सांसदहरुले टिसर्ट र जिन्स लगाउन नपाउने भएका छन् ।
प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिले संसद बैठकमा टिसर्ट र जिन्स लगाउन नपाउने निर्णय गरेको हो ।
समितिले प्रतिनिधि सभा बैठकमा सांसदहरूले मर्यादित पोशाक लगाउनुपर्ने निर्णय गरेको छ । छलफलमा सांसदहरूलाई कोट अनिवार्य गर्ने, टिसर्ट र जिन्स लगाउन नमिल्ने निर्णय भएको छ ।
अमर्यादित पोशाक नलगाउने र मर्यादित पोशाक लगाउने बरू सांस्कृतिक पहिचान झल्कन मिल्ने पोशाक लगाउने निर्णय भएको बताइएको छ । सामाजिक सञ्जालमा पनि केहीदिन देखि प्रश्न उठाएका छन् ।
FACEBOOK COMMENTS