काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।
उनलाई आइतबार बुढानीलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
रायमाझीका छोरा सन्दीप रायमाझीलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।
FACEBOOK COMMENTS