काठमाडौं । नीति तथा कार्यक्रममा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरुको बैठक बोलाएका छन्।
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नीति तथा कार्यक्रम केही दिनमै संसदमा पेस हुने भएकाले त्यसअघि सत्तारुढ १० दलको बैठक बोलाइएको हो।
साढे २ बजेलाई सिंहरबारमा बैठक बोलाइएको उनले जानकारी दिए।
सरकारले ५ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ। छलफलमा आएका सुझावलाई नीति तथा कार्यक्रममा समेटेर परिमार्जन हुने आचार्यको भनाइ छ।
गठबन्धन सरकारले यही जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। उक्त नीति तथा कार्यक्रम प्रधानमन्त्रीले नै वाचन गर्ने तयारी छ
सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्र,नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आमजनता पार्टी र नागरिक उन्मुक्ति पार्टी छन्।
FACEBOOK COMMENTS