अन्जनराज न्यौपाने,तनहुँ, पुस १०- तनहुँको भानु नगरपालिका(२ स्थित फुस्रेटारको मजुवा ओखले सामुदायिक वनमा कुल १ सय ५३ रोपनी जग्गामा शहीद स्मृति पार्क बन्ने भएको छ । साथै, राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्म घर चुँदी रम्घालाई नेपालकै साहित्यिक तिर्थ स्थलका रुपमा विकास गरिने भएको छ। उक्त योजनाका लागि डिपीआर तयार भैसकेको छ। पार्क वरपर शहीदका स्मारक बाहेक फन् पार्क, ४ सय जना अट्ने सभाहल, बगैंचा ,रेष्टुरेन्ट ,पार्किङ स्थल,भ्युटावर, चिल्ड्रेन पार्क, साहित्यिक श्रष्टाहरुहरुको स्मारक बन्ने भएपछि स्थानीयहरु हर्षित भएका छन्।
यसैगरी सोही नगरपालिका -४ स्थित शिखर कोटरी भन्ने स्थानमा कुल ३ करोड रुपैयाँको लागतमा भानुभक्तको ऐतिहासिक रामायण भवनको निर्माण कार्य सम्पन्न गरिएको छ।कलात्मक ढंगले ,सुविधा युक्त ,स्वच्छ ,सफा र सुन्दर वातावरणमा धार्मिक एवम् पर्यटकीय गन्तव्यको केन्द्र बनाउने उदेश्यले भवनको वार्तली औंराखे साल काठको निर्माण गरिएको छ भने ५ वटा सालका औंरख काठका थम्बा राखिएको छ। बाहिरी भागहरु कलात्मक बुट्टा कुदि कलात्मक शैलीमा निर्माण कार्य भैरहेको भानु जन्म स्थल विकास समिति चुँदीले जनाएको छ।
१०० फिटको अग्लो आदिकविको मुर्ति निर्माण गरिने लक्ष्यका साथ नगरपालिकाले कुल १६ करोडको लागतमा गुरुयोजना तयार गरि उक्त कलात्मक शैलीमा निर्माण गरिएको भानुभक्तीय रामायण भवन आन्तरिक एवम बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बन्ने आशा स्थानियको छ।
कुल १० रोपनी १२ आना ३ पैसा१ दाम रहेको उक्त भवन परिसर आसपासका क्षेत्रहरुमा चमेना गृह, पुस्तकालय, शौचालय,अतिथि तथा आवास गृह,भानुगृह,पानीपोखरी निर्माण खानेपानीको धारा निर्माण गरिने भएको छ।
भानुभक्तका रामायण ,राम, सीता,रावण गीता, भक्तमाला,प्रश्नोतर, बधुशिक्षा,घाँसी र भानुको जीवन कहानी ,ब्यक्तित्व चिनारी जस्ता मर्म स्पर्शी राष्ट्रिय विभूतिद्वारा रचित कथा, कविता,उपन्यास ,निबन्ध, साहित्यका विविध ग्रन्थहरु उपलब्ध हुने छुट्टै वाचनालय भवन निर्माण गरिएको छ।
भवन हेर्न आएका पर्यटकहरुको चहलपहल बढेसगै स्थानीय स्तरमा उत्पादित बस्तुहरु जस्तै भुटेका भट्ट, मकै, कोदोको रोटी ,केराको मम,फापरको ढिडो, अमला,धानका सिरम्ला,लप्सीको अचार, कुविण्डाको मिष्ठाई, चाम्रेका लागि अनदीको चामल, सुन्तला,जुनार ,कमला लगायतका दर्जनौं सामाग्री स्थानीयले वेचविखन गर्दा आयआर्जन उकासिएको छ।
सन् २०२० भ्रमण वर्षको अवसरमा भानु जन्म भूमि आसपासका क्षेत्रहरु सिगार्न स्थानीय तम्तयार रहेका छन्। दैनिक जसो आन्तरिक एवम वाह्य पर्यटकहरुको संख्यामा वृद्धि भएसँगै स्थानीयहरु कच्ची घरहरु लिप पोतमा र घरगोठ छाउनमा ब्यस्त छन् भने पक्की भएकाहरुलाई रंग रोगन गर्दैमा भ्याई नभ्याई रहेको स्थानीय सीता देवी अधिकारीले बताईन् । टुहुरे पसल स्थित खाजा,खाना र नास्ताको होटल ब्यबसाय गर्दै आएकी अधिकारी भ्रमण बर्षका लागि त्यस ठाँउमा आउने पर्यटक पाहुनाका लागि स्थानीय स्तरमा उत्पादित बस्तुहरु खरिद गर्ने वातावरण तयार भएको बताउछिन् ।
सरकारी कार्यालयमा काम गर्नै कर्मचारीहरुले लगाउने पोशाकमा विर्कै टोपी अनिवार्य लगाउनु पर्ने नियम छ । भानु नगरपालिकाका प्रमुख उदय राज गौलीले बताए । नगरपालिकाका प्रमुख गौली भन्छन् ‘प्रत्येक नागरिकले आ९आफ्नो धर्म ,संस्कृति ,रीतिरिवाज ,चाल,चलन भेषभुषा र परम्परादेखि चल्दै आएको संस्कार प्रति कत्ति पनि विचलित नभै संस्कार र संस्कृतिलाई संरक्षण गर्दै हामीले सदैब अक्षुण राख्न सक्नुपर्दछ। अमर विभूति भानुभक्तले लगाउने गरेको विर्के टोपी नगर र सवै वडाका सवै कर्मचारीहरुलाई लगाउन अनिवार्य गरेका छौं । यसो गर्दा भानु र भानुका नगरवासीहरुको पहिचान झल्कने छ’ गौलीले भने।
भानुभक्तले हिन्दी रामायण ग्रन्थलाई नेपालीमा अनुवाद गरेर नेपाली भाषा र साहित्यका क्षेत्रमा अविश्मरणीय योगदान पुर्याएको वताउदै रामायण भवन निर्माण कार्य ९० प्रतिशत पुरा गरिएको भएता पनि भवनका सवै ८ वटा भित्ताहरुमा रामायणका श्लोकहरु,भगवान श्रीराम सीता,विद्वान् रावणका मृत्यु हुने वेलाका अमृतवाणी,बज्रंगवलीहनुमाजीको भक्तिभाव,सिताजीको तपस्या र लक्षमणजीको भातृत्वका विषयहरु सो भवनका वित्ताहरुमा आदुनिक कलात्मक तरिकाबाट पढ्न र देख्न सकिनेगरि उक्त भवनका भित्तामा कुदिएका चित्रहरु प्रस्टै देख्न र आध्यात्मिक ज्ञान नैतिक उपदेश ग्रहण आमसर्वसाधारण वर्गहरुले गरून् भन्ने उदेश्यका साथ सो अत्याधुनिक रामायण भवन निर्माण गरिएको र सन् २०२० लाई सफल पार्न भानु जन्म स्थलमा दैनिक १० हजार बढिका आन्तरिक एवम बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको भानु जन्मस्थल विकास समिति तनहुँले दावी गरेको छ।
FACEBOOK COMMENTS